सबै मिलेर सरकारलाई सफल बनाऔँ : पूर्णबहादुर खड्का | Khabarhub Khabarhub

सबै मिलेर सरकारलाई सफल बनाऔँ : पूर्णबहादुर खड्का


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सबै मिलेर अहिलेको सरकारलाई सफल बनाउनुपर्ने बताएका छन् ।

आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा नेपाल दलित संघले आयोजना गरेको कार्यक्रममा खड्काले मुलुकको आवश्यकताका आधारमा ठूला दुई दल मिलेर सरकार गठन गरिएको भन्दै सबै मिलेर अहिलेको सरकारलाई सफल बनाउनुपर्ने बताएका हुन् ।

उनले सरकारलाई सफल बनाउन तीनै तहमा दुई दलीय संयन्त्रसमेत बनाइएको धारणा राखे । अब जनतामा देखिएको निराशालाई चिर्दै नयाँ भरोसा जगाउने काम कांग्रेसले गर्ने उनले बताए  ।

खड्काले ८४ को निर्वाचनमा एकल बहुमत ल्याउने गरी कमीकमजोरी सुधार गर्दै अघि बढ्ने उल्लेख गरे  ।

त्यस्तै कांग्रेस महामन्त्री गगन कुमार थापाले संविधान संशोधनको कुरालाई सकारात्मक ढंगले अघि बढाउने बताए । संविधान संशोधन गर्दा जनताको अधिकार कटौती गर्ने नभई अधिकारका लागि नपुगेको व्यवस्थाहरू थप गरिने उनको भनाइ छ ।

त्यस्तै कांग्रेस नेताहरूले दलित समुदायको अधिकार स्थापित गर्नका लागि सरकारलाई सुझाव दिन आग्रह गरेका थिए । कार्यक्रममा दलित संघको अधिवेशनबाट नवनिर्वाचित कार्यसमिति सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ६ : ४४ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड