पत्नीसहित अजरबैजानको यात्रामा राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गरेका छन् ।
राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणालगायतले बिदाइ गरेका थिए ।
देउवाको टिप्पणी- रवि पक्राउ पर्दैमा रास्वपाले अनावश्यक हल्ला गर्न आवश्यक छैन
सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापति पक्राउ पर्दा रास्वपाका नेता तथा कार्यकर्ताहरुले अनावश्यक हो हल्ला गर्न आवश्यक नरहेको टिप्पणी गरेका छन् ।
गृह जिल्ला डडेल्धुरा जाने क्रममा धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै सभापति देउवाले कांग्रेसका नेताहरूलाई मुद्दा लाग्दा आफूहरूले कहिल्यै हल्ला नगरेको भन्दै रास्वपालाई पनि हो-हल्ला गर्न आवश्यक नरहेको टिप्पणी गरेका हुन् ।
एकैदिन अमेरिका र चीनका लागि नेपाली राजदूत नियुक्त
दुई शक्ति राष्ट्र चीन र अमेरिकाका लागि एकै दिन नेपालका राजदूत नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रा. डा. कृष्णप्रसाद ओलीलाई जनवादी गणतन्त्र चीनका लागि राजदूतमा नियुक्त गरेका हुन् ।
सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेय नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका दुईजना न्यायाधीश नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई आइतबार सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेका हुन् ।
सर्वोच्चको आदेशविरुद्ध सिंहदरबारभित्रै कर्मचारीको आन्दोलन
नेपाल विविध सेवाका प्राविधिक कर्मचारीलाई स्वतः बढुवा गरी समायोजन गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध कर्मचारीहरूले सिंहदरबारभित्रै विरोध प्रदर्शन गरेका छन् ।
अदालतको आदेशबाट प्रशासन सेवाका समग्र पदहरूमा बढुवाको अवसर खोसिन सक्ने भन्दै उनीहरूले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडी विरोध प्रदर्शन गरेका हुन् ।
एमालेका मन्त्री : सुन तस्करको वकालतदेखि ‘मानव तस्कर’को अभियोगसम्म
भनिन्छ, खुवा (कुराउनी) कुहियो भने असाध्य गन्हाउँछ । गरीब जनताको पक्षमा वकालत गर्ने कम्युनिस्ट बिग्रियो भने त्यस्तै गन्हाउँदोरहेछ । यसको पछिल्लो दृष्टान्त बनेका छन्– नेकपा एमालेका तर्फबाट कोशी प्रदेशका निवर्तमान गृह तथा कानूनमन्त्री एवं प्रदेश सांसद लीलाबल्लभ अधिकारी ।
एमाले नेता अधिकारी मोरङ क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको मन्त्रिपरिषदमा अधिकारी आन्तरिक मामिला एवं कानून मन्त्री थिए । प्रदेशको आन्तरिक मामिला मन्त्रीलाई गृहमन्त्रीसरह मानिन्छ ।
कोशीका पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्ने अनुमति
काठमाडौं जिल्ला अदालतले मानव तस्करीको आरोपमा पक्राउ परेका नेकपा एमाले नेता एवम् कोशी प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
जापानमा मानव बेचबिखनको मुद्दामा कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीलाई काठमाडौं ल्याएलगत्तै सरकारी वकिलको कार्यालयमार्फत अदालतमा पेश गरिएको थियो ।
- पक्राउ पर्नुअघि अधिकारीले भने- म ठगिएपछि जापानबाटै प्रहरीलाई सूचना दिएको थिएँ
- कोशीका पूर्वमन्त्री अधिकारीलाई घरमै पुगेर पक्राउ गर्यो प्रहरीले
मधेस प्रदेश : रिक्त ७ पदमा उपनिर्वाचन हुँदै, पछिल्लो निर्वाचनमा यस्तो थियो परिणाम
आगामी मंसिर १६ गते देशका विभिन्न पालिकाका रिक्त ४४ पदमा उपनिर्वाचन हुँदै छ । त्यसका लागि निर्वाचन आयोगले आवश्यक तयारी गरिरहेको छ । मतदाता नामावली अद्यावधिक गर्ने, निर्देशिका निर्माण र उम्मेदवारहरूको मनोनयन प्रक्रियासम्बन्धी कामलाई प्राथमिकताका साथ अघि बढाइएको आयोगले जनाएको छ ।
कार्तिक २६ गते अन्तिम मतदाता नामावली सूची सार्वजनिक गर्दै आयोगले मतदान केन्द्रहरूको निर्धारण गर्ने तयारी थालेको छ । त्यसै
रविलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति
सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको एकल इजलासले लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई अनुमति दिएको हो ।
जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै हो : डिपी अर्याल
रविको पक्षमा रास्वपा कार्यकर्ताको प्रदर्शन
हवाई भाडा महँगिएको भन्दै सांसद बजगाईँले गरे माइतीघरमा विरोध
हवाई भाडा महँगो भएको भन्दै कांग्रेसका प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईँले विरोध प्रदर्शन गरेका छन् ।
हवाई भाडा महँगो हुँदा खाडीमा रहेका लाखौँ युवाहरुलाई समस्या भएको भन्दै बजगाईँले आइतबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
२०५६ सालयताका कक्षा ११ र १२ का विद्यार्थीलाई मौका परीक्षाको व्यवस्था (सूचनासहित)
राष्ट्रिय परीक्षा बोर्डले २०५६ सालयताका कक्षा ११ र १२ मा फेल भएका विद्यार्थीका लागि मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ ।
बोर्डले एक सूचना जारी गरी ०५६ साल यता कक्षा ११ र १२ मा भर्ना भई फेल भएका परीक्षार्थीलाई अन्तिम मौका स्वरूप एकपटक परीक्षा दिन पाउने व्यवस्था गरिएको जनाएको छ । जति विषयमा फेल भएका विद्यार्थी पनि मौका परीक्षामा सहभागी हुन पाउने छन् ।
कालिकोट जिप दुर्घटना : सबै घाइतेलाई सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याइयो
कालीकोटको पलाँता गाउँपालिका-३ स्थित राडीनेटामा भएको जिप दुर्घनाका घाइतेहरूलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याइएको छ ।
घाइतेहरूलाई प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि भर्ना गरिएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।
कालीकोटमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु
अन्तर्राष्ट्रिय…
सबै सात ‘स्विङ स्टेट’ जितेर ट्रम्पले बनाए इतिहास
मेक्सिकोको बारमा बन्दुकधारीको आक्रमण, १० जनाको मृत्यु
इजरायली आक्रमणमा १३ बालबालिकासहित ३० जनाको मृत्यु
पोम्पेओ र हेलीलाई ह्वाइट हाउसको नयाँ टोलीमा समावेश नगरिने : राष्ट्रपति डोनाल्ड ट्रम्प
खेलकुद…
थाइल्यान्डविरुद्ध नेपाल १०६ रनको फराकिलो अन्तरले विजयी
यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले थाइल्याण्डमाथि फराकिलो जित हासिल गरेको छ ।
आइतबार दुबईस्थित द सेभेन स्टेडियममा सम्पन्न खेलमा नेपालले थाइल्याण्डलाई १०६ रनको अन्तरले पराजित गरेको हो । नेपालले दिएको १४० रनको लक्ष्य पछाएको थाइल्याण्डले १६ ओभरमा अलआउट हुदै ३३ रन मात्र बनाएको थियो ।
अस्टनभिल्लामाथि लिभरपुलको शानदार जित
प्रतिक्रिया