भूपेन्द्रलाई अमेरिकामा दुई पदक « Khabarhub

भूपेन्द्रलाई अमेरिकामा दुई पदक


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ट्रेडिसनल चाइनिज मार्सल आर्ट्स फेडरेसन, अमेरिकाद्वारा आयोजित १५औँ गोल्डेन ड्रागन च्याम्पियनशिपमा नेपालका भूपेन्द्र गुरुङले दुई रजत पदक प्राप्त गरेका छन् ।

अमेरिकाको क्यालिफोर्नियामा भएको उक्त प्रतियोगितामा भूपेन्द्रले दुई स्पर्धामा भाग लिएर दुई रजत प्राप्त गरेका हुन् । प्रतियोगितामा उनले ३६ वर्षमाथिको उमेर समूहमा ताइची र ट्रेडिसनल चाइनिज फम्सतर्फ प्रतिस्पर्धा गरेका थिए ।

उक्त प्रतियोगितामा विभिन्न ३० राष्ट्रका दुई सय ५० भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । भूपेन्द्रको यो पाँचौँ अन्तर्राष्ट्रिय पदक हो । यसअघि उनले विभिन्न तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा तीन स्वर्ण पदक जितेका थिए ।

उनले सन् २०१८ मा जर्मनीमा भएको विश्व च्याम्पियनशिप, सन् २०१९ मा थाइल्यान्डमा भएको सातौँ, विश्व कुङ्फु च्याम्पियनशिप र सन् २०२२ मा बेलायतका भएको युरोपियन च्याम्पियनशिपमा स्वर्ण पदक जितेका थिए । सन् २०२२ मा भारतको लखनऊमा भएको १४औँ कुङ्फु च्याम्पियनशिपमा भूपेन्द्रले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ८ : ३० बजे

सिरी ‘ए’ विपक्षीको पोस्टमा जेमी भार्डीको दुई गोल

काठमाडौं – सोमबार राति भएको इटालीको सिरी ‘ए’मा क्रेमान्सेले बोलोग्नालाई

लैङ्गिक हिंसा र विद्युतीय अपराध नियन्त्रणका लागि अभियान सुरु

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले लैङ्गिक हिंसा र विद्युतीय अपराध (साइबर

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिए

डडेल्धुरा– डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिएका छन् ।

वर्तमान कांग्रेस कार्यसमतिको म्याद दुई महिना थप

ललितपुर – यही मङ्सिरको २३ गते म्याद सकिन लागेको पार्टीको