लाल आयोगको प्रतिवेदन सार्वजनिक, भोलि १२ बजेभित्र उद्योगमा काटिएको विद्युत् जोडिने | Khabarhub Khabarhub

लाल आयोगको प्रतिवेदन सार्वजनिक, भोलि १२ बजेभित्र उद्योगमा काटिएको विद्युत् जोडिने


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विद्युत्‌ महसुल बक्यौता विवाद समाधानका लागि गठित न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गरेको हो ।

एक मन्त्रीका अनुसार बैठकले प्रतिवेदन कार्यान्वयनका लागि ऊर्जा मन्त्रालयलाई निर्देशन समेत दिएको छ । यसअघि कात्तिक १३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो।

यस्तै बैठकले लाइन काटिएका उद्योगमा सोमबार १२ बजेभित्र लाइन जडान गर्न पनि मन्त्रालयमार्फत विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । डेडिकेटेड र ट्रंकलाइनको बिद्युत महसुल नतिरेका उद्योगीहरुसँग १५ दिनभित्र बक्यौता टीओडी मिटर बमोजिम असुल गर्ने निर्णय भएको ती मन्त्रीले जानकारी दिए ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ९ : ४६ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको