लेस्टर सिटीविरुद्ध म्यान्चेस्टर युनाइटेड विजयी « Khabarhub

लेस्टर सिटीविरुद्ध म्यान्चेस्टर युनाइटेड विजयी


२५ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले शानदार जित निकालेको छ । आइतबार भएको खेलमा युनाइटेडले लेस्टर सिटीलाई ३–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा युनाइटेडको जितमा बुर्नो फर्नान्डिज र एलेक्जेन्डर गोर्नाचोले गोल गरे । लेस्टर सिटीले एक आत्मघाती गोल गरेका थियो ।

खेलको १७औं मिनेटमा फर्नान्डिजले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ३८औं मिनेटमा लेस्टरका भिक्टर क्रिस्टिसेनले आत्मघाती गोल गरेपछि युनाइटेडले अग्रता दोब्बर बनाएको थियो । खेलको दोस्रो हापमा युनाइटेडका लागि गोर्नाचोले गोल गरे ।

जितसँगै ११ खेलबाट १५ अंक जोडेको युनाइटेड १३ औं स्थानमा छ । समान खेल खेलेको लेस्टर १० अंकसहित १५ औं स्थानमा छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  १० : ०६ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर