कतारले भन्यो – सिरियाली इस्लामिक समूह एचटीएससँग सम्पर्कमा छौँ « Khabarhub

कतारले भन्यो – सिरियाली इस्लामिक समूह एचटीएससँग सम्पर्कमा छौँ


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कतारी अधिकारीहरू सिरियाली राष्ट्रपति बशर अल–असदको निष्कासनको नेतृत्व गर्ने इस्लामिक समूह हयात ताहरिर अल–शाम (एचटीएस) र सिरियाका अन्य समूहहरूसँग सम्पर्कमा रहेको एक अधिकारीले घटनाक्रमको बारेमा जानकारी दिएका छन् ।

‘कतारीहरूले एचटीएससँग सञ्चारको पहिलो च्यानल स्थापना गरेका छन् । एचटीएस र कतारी कूटनीतिज्ञहरूसँगको सञ्चार आगामी २४ घन्टामा अल बशीरसँग जारी रहने अपेक्षा गरिएको छ’, वरिष्ठ विद्रोही मोहम्मद बशीरलाई उद्धृत गर्दै नाम नछाप्ने सर्तमा अधिकारीले भने ।

असदको सरकारले सन् २०११ मा शान्तिपूर्ण विद्रोहलाई दमन गरेपछि कतार सशस्त्र विद्रोहको मुख्य समर्थक र पदच्यूत नेताको कडा आलोचक थियो । सन् २००० देखि सत्तामा रहेका असद एचटीएस र यसका सहयोगीहरूको द्रुत अभियानपछि सप्ताहन्तमा पदच्यूत भएका थिए ।

छलफलको संवेदनशीलताका कारण नाम नछाप्न अनुरोध गर्ने अधिकारीले भने, ‘एचटीएस र अन्यसँगको सञ्चारको फोकस शान्ति कायम गर्न र सङ्क्रमण अवधिमा सिरियाको सार्वजनिक संस्थाहरूको संरक्षण गर्न आवश्यक छ ।’

कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले आफ्नो देशले एचटीएससँग विशेष कुरा गरिरहेको छ कि छैन भनेर भन्न अस्वीकार गर्दै यसअघि कतार ‘हामी सिरियाली मोजाइकभित्र सधैँ सम्पर्कमा रहेका सबै समूहहरूसँग सम्पर्कमा रहेको’ बताएका थिए ।

प्रवक्ताले असद विरुद्धको विद्रोहको समयमा विपक्षी समूहहरूका लागि खोलिएको कतारको सिरियाली दूतावास अब ‘सिरियामा नयाँ वास्तविकताको पहिलो दूतावास’ भएको पनि बताए ।

‘म यस समयमा भइरहेको विशेष कल वा बैठकहरूमा विशेष टिप्पणी गर्न सक्दिन तर म तपाईंलाई भन्न सक्छु कि हाम्रो ढोका खुला छ, हामी सबैसँग कुरा गरिरहेका छौँ’, उनले भने ।

असदलाई अपदस्थ गर्नुअघि कतारले शनिबार सिरियामा रूसी, इरानी, टर्की र अरब अधिकारीहरूसँग बैठकहरू आयोजना गरेको थियो ।

‘शनिबारको बैठकमा सबै पक्षहरूबीच सहमति भयो, प्राथमिकता सिरियामा स्थितिलाई नियन्त्रणमा राख्ने र इस्लामिक स्टेटजस्ता कट्टरपन्थी समूहहरूले सिरियामा पकड बनाउन नसक्ने सुनिश्चित गर्ने हो’, ती अधिकारीले भने ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ८ : ३० बजे

एक करोडभन्दा बढी मूल्यको फर्सीको बियाँ बरामद

झापा – यहाँको मेचीनगर नगरपालिका–१ स्थित भालुखोपको जङ्गलमा लुकाइछिपाइ राखिएको

कर्णाली महिला बास्केटबलको फाइनलमा प्रवेश

कर्णाली – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबल खेलमा कर्णाली

सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल

पाल्पा – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी

विद्युतसँग सम्बन्धित दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्छौं : मन्त्री श्रेष्ठ

बागलुङ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युतजन्य दुर्घटना

शिक्षक सेवा आयोगको परीक्षामा २० थान मोबाइल जफत

हेटौँडा – शिक्षक सेवा आयोगले सञ्चालन गरेको निम्न माध्यमिक तहको