बच्चालाई पुग्ने गरी आमाको दूध आएन ? यस्ता खानेकुरा खानुहोस् « Khabarhub

बच्चालाई पुग्ने गरी आमाको दूध आएन ? यस्ता खानेकुरा खानुहोस्


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिशुलाई स्वस्थ र तन्दुरुस्त बनाउने सबैभन्दा उत्तम आहार भनेको नै आमाको दूध हो । शिशुलाई जन्मिएको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ ।

स्तनपान गर्नाले शिशुलाई मात्र नभई आमालाई पनि यसले लाभ हुन्छ । आमाको दूधले बच्चालाई धेरै रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ भने स्तनपान गराउने आमालाई बाँझोपनको समस्याबाट बचाउँछ ।

कतिपयमा आमाको दूध बच्चाका लागि पर्याप्त हुँदैन भन्ने धारणा पाइन्छ । यदि बच्चाले १५ मिनेट जति लगातार दूध चुस्छ र एक डेढ घण्टासम्म सुत्छ वा खेल्छ भने बच्चालाई पर्याप्त दूध पुगेको मानिन्छ । तर केही अवस्थामा भने सुत्केरी आमाबाटै शिशुलाई दूध पुग्दैन । यस्तो अवस्थामा झोलिलो खानेकुराका साथ ज्वानोको झोल, विभिन्न सुप, दूध, नीमको रस, गेडागुडीको झोल आदि नियमित खानुपर्छ ।

साथै माछा मासु, सागपात, फलफूलजन्य खानेकुराले पनि आमाको दूध बढाउँछ ।

सुत्केरी आमाको दूधले अरु के खादा शिशुलाई पर्याप्त दूधले पुग्ने हुन्छ त ?

ज्वानोको झोल

५ ग्राम ज्वानो आधा लिटर पानीमा स्वादको लागि अलिकति नुन र घिउ राखी आधा हुने गरी उमालेर मनतातो भएपछि २/३ घण्टाको अन्तरमा दैनिक ५/६ पटक पिउनाले आमाको दूध पर्याप्त आउँछ ।

झोलिलो खाना खाने

कुनै पनि हरियो सागसब्जीको झोल बनाएर त्यसलाई मनतातो भएपछि खानाले आमाको दूध प्रशस्त हुने र शिशुलाई पर्याप्त हुने गर्दछ ।

दालचिनी र दूध

दालचिनीलाई पिसेर धुलो बनाई एक कप दूधमा आधा चम्चा दालचिनीको धुलो फिटेर दैनिक २ पटक पिउनाले बिस्तारै आमाको दूध बढ्दै जान्छ र बच्चालाई पुग्दो हुन्छ ।

जिरा, मह र दूध

आधा कप दूध र दुई चम्चा जिराको दाना उमालेर एक गिलास उमालेको पानीमा एक चम्चा महको मिश्रण बनाई नियमित २ पटक पिउनाले सुत्केरी आमाको दूध प्रशस्त हुन्छ ।

साग र दूध

राम्ररी पखालेको मेथी वा पालुङ्गोको सागलाई दुई कप दूधमा उमालेर सुत्केरी आमालाई नियमित ख्वाएमा यसले प्रशस्त दूध आउने र बच्चालाई पुग्दो हुन्छ । यसले आमाको स्वास्थ्यमा पनि लाभ गर्छ ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १२ : ४९ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक