बच्चालाई पुग्ने गरी आमाको दूध आएन ? यस्ता खानेकुरा खानुहोस् | Khabarhub Khabarhub

बच्चालाई पुग्ने गरी आमाको दूध आएन ? यस्ता खानेकुरा खानुहोस्


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिशुलाई स्वस्थ र तन्दुरुस्त बनाउने सबैभन्दा उत्तम आहार भनेको नै आमाको दूध हो । शिशुलाई जन्मिएको ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ ।

स्तनपान गर्नाले शिशुलाई मात्र नभई आमालाई पनि यसले लाभ हुन्छ । आमाको दूधले बच्चालाई धेरै रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ भने स्तनपान गराउने आमालाई बाँझोपनको समस्याबाट बचाउँछ ।

कतिपयमा आमाको दूध बच्चाका लागि पर्याप्त हुँदैन भन्ने धारणा पाइन्छ । यदि बच्चाले १५ मिनेट जति लगातार दूध चुस्छ र एक डेढ घण्टासम्म सुत्छ वा खेल्छ भने बच्चालाई पर्याप्त दूध पुगेको मानिन्छ । तर केही अवस्थामा भने सुत्केरी आमाबाटै शिशुलाई दूध पुग्दैन । यस्तो अवस्थामा झोलिलो खानेकुराका साथ ज्वानोको झोल, विभिन्न सुप, दूध, नीमको रस, गेडागुडीको झोल आदि नियमित खानुपर्छ ।

साथै माछा मासु, सागपात, फलफूलजन्य खानेकुराले पनि आमाको दूध बढाउँछ ।

सुत्केरी आमाको दूधले अरु के खादा शिशुलाई पर्याप्त दूधले पुग्ने हुन्छ त ?

ज्वानोको झोल

५ ग्राम ज्वानो आधा लिटर पानीमा स्वादको लागि अलिकति नुन र घिउ राखी आधा हुने गरी उमालेर मनतातो भएपछि २/३ घण्टाको अन्तरमा दैनिक ५/६ पटक पिउनाले आमाको दूध पर्याप्त आउँछ ।

झोलिलो खाना खाने

कुनै पनि हरियो सागसब्जीको झोल बनाएर त्यसलाई मनतातो भएपछि खानाले आमाको दूध प्रशस्त हुने र शिशुलाई पर्याप्त हुने गर्दछ ।

दालचिनी र दूध

दालचिनीलाई पिसेर धुलो बनाई एक कप दूधमा आधा चम्चा दालचिनीको धुलो फिटेर दैनिक २ पटक पिउनाले बिस्तारै आमाको दूध बढ्दै जान्छ र बच्चालाई पुग्दो हुन्छ ।

जिरा, मह र दूध

आधा कप दूध र दुई चम्चा जिराको दाना उमालेर एक गिलास उमालेको पानीमा एक चम्चा महको मिश्रण बनाई नियमित २ पटक पिउनाले सुत्केरी आमाको दूध प्रशस्त हुन्छ ।

साग र दूध

राम्ररी पखालेको मेथी वा पालुङ्गोको सागलाई दुई कप दूधमा उमालेर सुत्केरी आमालाई नियमित ख्वाएमा यसले प्रशस्त दूध आउने र बच्चालाई पुग्दो हुन्छ । यसले आमाको स्वास्थ्यमा पनि लाभ गर्छ ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १२ : ४९ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले