लगातार हारेको लुम्बिनीले पहिलो जित निकाल्दा चितवन राइनोजलाई धक्का « Khabarhub

लगातार हारेको लुम्बिनीले पहिलो जित निकाल्दा चितवन राइनोजलाई धक्का


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा रोहित पौडेल नेतृत्वको लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको छ।

यससँगै लगातार चार खेलको हारपछि लुम्बिनीले पहिलो जित निकालेर राहतको श्वास फेरेको छ । लुम्बिनी पहिलो खेलमा विराटनगरसँग, दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग, तेस्रो खेलमा सुदूरपश्चिमसँग र चौथो खेलमा जनकपुर बोल्टससँग हार्न पुगेको थियो ।

तर चितवनविरुद्ध भने कप्तान रोहितको सर्वाधिक ८० रन मद्दतमा लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याएको चितवन २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १३४ रनमा समेटियो ।

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर खेल मैदानमा भएको पहिलो खेलमा लुम्बिनीले चितवनलाई ३३ रनले पराजित गर्दै पहिलो जित निकालेको हो ।

यसअघि तीनवटा खेल लगातार हारेर अंक तालिकाको पुच्छरमा रहेको लुम्बिनीले कप्तान कप्तान रोहितकुमार पौडेलको अलराउण्ड प्रदर्शनमा उत्कृष्ट लयसहित जित निकालेको हो ।

चितवनका लागि ल्युक बेनकेनस्टनले सर्वाधिक ३१ रन बनाए । चौथो विकेटका रुपमा ११औं ओभरको दोस्रो बलमा ल्युक बेनकेनस्टन अभिषेस गौतमले आउट गराए ।

उता, कप्तान कुशल मल्लले १७ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन जोडेका थिए भने रवि बोपारा १६ बलमा १२ रन बनाउँदै कप्तान रोहितको बलमा आउट भएका थिए ।

त्यसअघि हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको लक्ष्य निर्धारण गरेको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १२ : १९ बजे

अघिल्लो फाइनलभन्दा दुई रन बढी जोडेको सुदूरपश्चिम ८७ रनमा अल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

तस्बिरमा हेर्नुहोस्, प्रधानमन्त्री बालेनले उद्घाटन गरेको एनपीएल, भिडन्तमा लुम्बिनी र सुदूरपश्चिम

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिमले गुमायो एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

भन्सार छली गरी ल्याइएका गरगहनासहित चारजना पक्राउ

बागमती– मकवानपुर प्रहरीले भन्सार छलि गरी ल्याइएका चाँदीका विभिन्न किसिमका

अटो दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर

पाल्पा– स्थानीय रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा अटो दुर्घटना हुँदा छ