लगातार हारेको लुम्बिनीले पहिलो जित निकाल्दा चितवन राइनोजलाई धक्का « Khabarhub

लगातार हारेको लुम्बिनीले पहिलो जित निकाल्दा चितवन राइनोजलाई धक्का


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा रोहित पौडेल नेतृत्वको लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले पराजित गरेको छ।

यससँगै लगातार चार खेलको हारपछि लुम्बिनीले पहिलो जित निकालेर राहतको श्वास फेरेको छ । लुम्बिनी पहिलो खेलमा विराटनगरसँग, दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग, तेस्रो खेलमा सुदूरपश्चिमसँग र चौथो खेलमा जनकपुर बोल्टससँग हार्न पुगेको थियो ।

तर चितवनविरुद्ध भने कप्तान रोहितको सर्वाधिक ८० रन मद्दतमा लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याएको चितवन २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १३४ रनमा समेटियो ।

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर खेल मैदानमा भएको पहिलो खेलमा लुम्बिनीले चितवनलाई ३३ रनले पराजित गर्दै पहिलो जित निकालेको हो ।

यसअघि तीनवटा खेल लगातार हारेर अंक तालिकाको पुच्छरमा रहेको लुम्बिनीले कप्तान कप्तान रोहितकुमार पौडेलको अलराउण्ड प्रदर्शनमा उत्कृष्ट लयसहित जित निकालेको हो ।

चितवनका लागि ल्युक बेनकेनस्टनले सर्वाधिक ३१ रन बनाए । चौथो विकेटका रुपमा ११औं ओभरको दोस्रो बलमा ल्युक बेनकेनस्टन अभिषेस गौतमले आउट गराए ।

उता, कप्तान कुशल मल्लले १७ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन जोडेका थिए भने रवि बोपारा १६ बलमा १२ रन बनाउँदै कप्तान रोहितको बलमा आउट भएका थिए ।

त्यसअघि हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको लक्ष्य निर्धारण गरेको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १२ : १९ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी