कप्तान रोहितको उत्कृष्ट लयले लुम्बिनीलाई राहत (तस्बिरहरू) « Khabarhub

एनपीएल क्रिकेट

कप्तान रोहितको उत्कृष्ट लयले लुम्बिनीलाई राहत (तस्बिरहरू)


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडलले जारी नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

भलै उनी नेतृत्वको लुम्बिनी लायन्स पहिलो जित निकाल्न यसअघिका तीन खेल लगालग हार्न पुग्यो ।

मंगलबार भएको खेलमा पनि लुम्बिनीले रोहितकै बलमा चितवन राइनोजलाई ३३ रनले हराउन सफल भएको छ ।

चितवनलाई स्तब्ध बनाउने क्रममा रोहितले कप्तानी पारी खेले । ५७ बलमा ८० रन बनाएका उनले ६ चौका र ५ छक्का पनि हानेका छन् ।

यसअघि तीनवटा खेल हारेर अंक तालिकामा पुच्छरमा रहेको लुम्बिनीले कप्तान कप्तान रोहितकुमारकै अलराउण्ड प्रदर्शनमा जित निकाल्न सकेको हो ।

लुम्बिनीले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन मात्र जोडन सफल भयो ।

रोहित यस प्रतियोगितामा लगातार चलिरहेका छन् । उनले ब्याटिङ र बलिङ दुवैमा लुम्बिनीलाई सम्हालेका छन् ।

चितवनविरुद्धको खेलमा प्लेयर अफ द म्याच भएका रोहित जारी एनपीएलमा २०० रन पूरा गर्ने पहिलो खेलाडीसमेत बनेका छन्।

उनले लुम्बिनीको पाँचौँ खेलमा २०० रन पूरा गरेका हुन्। रोहितले एनपीएलको पाँच खेलमा दुई सय ६१ रन बनाउन सफल भएका हुन् ।

उनले पहिलो खेलमा विराटनगरविरुद्ध ४६ रन बनाएका थिए । दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ९५, तेस्रो खेलमा सुदूरपश्चिमविरुद्ध पाँच रन र चौथो खेलमा  जनकपुर बोल्टसविरुद्ध ३५ रन बनाएका थिए ।

प्रतियोगितामा उनको टोम लुम्बिनीले भने बल्ल जित आत्मसाथ गर्न सकेको छ । यसअघिका चार खेल हारेको लुम्बिनी अंकतालिकाको पुछारमा छ ।

 

तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १२ : ३८ बजे

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८