कर्णाली याक्सविरुद्ध ब्याटिङमा पोखरा एभेन्जर्स, उत्कृष्ट सुरुवात « Khabarhub

कर्णाली याक्सविरुद्ध ब्याटिङमा पोखरा एभेन्जर्स, उत्कृष्ट सुरुवात


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितअन्तर्गत मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स भिडिरहेका छन् ।

पोखराका कप्तान कुशल भुर्तेलले टस जितेपछि त्रिवि क्रिकेट मैदानमा ब्याटिङ रोजेको पोखराले कर्णालीविरुद्ध गतिलो सुरुवात गरेको छ ।

पोखराका लागि ओपनिङमा आएका एन्ड्रिस गौस र दिनेश खरेलले गतिलो सुरुवात दिलएका हुन् ।

गौस ताजा अवस्थामा ११ बलमा २५ रन बनाएर खेलिरहेका छन् । उता दिनेश खरेलले पनि ११ बलमा २१ रन बनाइसकेका छन् ।

ताजा अवस्थामा पोखराले ४ ओभर खेल्दै बिनाक्षति ४६ रनको स्कोर गरिसकेको छ।

एनपीएल अघिल्लो शुक्रबारदेखि सुरू भएको थियो । एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ ।

एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् । उपविजेताले ५) लाख, तेस्रो हुने टिमले ३) लाख र चौथो हुने टिमले २) लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।

पोखरा एभेन्जर्स

कुशल भुर्तेल – मार्की, सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलीप नाथ, त्रित राज दास, सुनाम गौतम, दिनेश खरेल, अमृत गुरुङ, आन्द्रेस गौस (अमेरिका), बास डे लिडे (नेदरल्यान्ड्स), म्याट क्रिचली (इंग्ल्यान्ड), रेमन राइफर (वेस्ट इन्डिज), माइकल लिस्क (स्कटल्यान्ड), सुदिप आर्याल (आइकोनिक)।

कर्णाली याक्स

सोमपाल कामी– मार्की, गुलशन कुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दिपेन्द्र रावत, दिपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी, शिखर धवन (भारत), बाबर हायत (हङकङ), चाडविक वाल्टन (वेस्ट इन्डिज), जीशान मक्सुद (ओमान), विपिन शर्मा (आइकोनिक)।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १ : १९ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका