नाबालिग बलात्कार आरोपमा पक्राउ परे बिर्तामोडका पूर्वमेयर शिवाकोटी « Khabarhub

नाबालिग बलात्कार आरोपमा पक्राउ परे बिर्तामोडका पूर्वमेयर शिवाकोटी


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्रउ परेका छन् ।

घरमा काम गर्न राखेको नाबालिगलाई पटक पटक बलातत्कार गरेको आरोपमा उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी कृष्णकुमार चन्दका अनुसार उनलाई सोमबार पक्राउ गरिएको हो ।

‘उहाँलाई अहिले हामीले बिर्तामोडको प्रहरी हिरासतमा राखेका छौँ । घटनाको अनुसन्धान चलिरहेको छ’,चन्दले खबरहबलाई भने, ‘किशोरीलाई सुरक्षितरुपमा राखिएको छ । उनको स्वास्थ्य जाँच लगायत कानुनी प्रक्रिया चलिरहेको छ ।’

ती नाबालिगको उमेर प्रहरीले खुलाएको छैन । तर उनी १७ वर्षकी रहेको जानकारी आएको छ ।

प्रहरीका अनुसार नाबालिगका बुवाआमा दुवै साथमा थिएनन् । शिवाकोटीले पढाइदिने सर्तमा उनलाई राखेका थिए ।

ती नाबालिगलाई कलेज ड्रेसमै काँकडभिट्टाबाट भारत जान खोज्दै गर्दा नियन्त्रणमा लिइएको थियो ।

नेपालको कानुनले १८ वर्षमुनिका बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यो बलात्कार ठहर्छ । १८ वर्षभन्दा माथिका महिलासँग मञ्जुरीबिना राखेको यौन सम्बन्ध बलात्कार हुन्छ ।

त्यसपछि बुझ्दा उनले आफूलाई पूर्वमेयर शिवाकोटीले करणी गरेको बयान प्रहरीलाई दिएकी थिइन् । उनकी आमा भारतमा भएकाले त्यहाँ जान लागेको बताएकी प्रहरीले जनाएको छ।

शिवाकोटी २०७४ सालमा नेकपा एमालेको तर्फबाट बिर्तामोड नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । शिवाकोटीको घर बिर्तामोड नगरपालिका-५ शनिश्‍चरे रोड हो ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  २ : ३९ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका