भ्रष्टचार मुद्दामा बयान दिन इजरायली प्रधानमन्त्री अदालतमा « Khabarhub

भ्रष्टचार मुद्दामा बयान दिन इजरायली प्रधानमन्त्री अदालतमा


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इजरायली अदालतमा भ्रष्टाचारका धेरै आरोपहरू सामना गरिरहेका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मंगलबार पहिलो पटक बयान दिन अदालतमा हाजिर भएका छन्  ।

उनीविरुद्ध सन २०१९ मा दायर गरिएका भ्रष्टाचारका तीन अलग अलग मुद्दाहरू, जसमा घुसखोरी, जालसाजी र विश्वासको उल्लंघनको आरोपहरू समावेश रहेका छन्। त्यसमा उनले मंगलबार अदालतमा बयान दिन पुगेका हुन ।

तर, उनले यी सबै आरोपलाई अस्वीकार गर्दै आफूले कुनै पनि गलत काम नगरेको जनाउँदै आएका छन् । उनलाई पदबाट हटाउन प्रतिद्वन्द्वी र मिडियाले अनावश्यक रूपमा उचालेको जिकिर गर्दै आएका छन् ।

तर, विश्लेषकहरू र पर्यवेक्षकहरूले परीक्षण र सम्भावित आरोपबाट बच्नको लागि नेतन्याहुले गाजा पट्टीमा इजरायलको आक्रमणलाई विस्तार र विस्तार गर्दै आएका छन्।

यसअघि मे २०२० मा सुरु भएको ट्रायल धेरै पटक ढिलो भइरहेको छ, जो अब अब डिसेम्बर १० बाट सुरू हुनेछ । तर, नेतान्याहुको कानुनी टोलीले अदालती प्रक्रिया केही समय पछाडि सार्न अनुरोध भने गरिरहेका छन् । उनले अदालती बयान केही पछाडि सार्न अनुरोध गर्ने प्रयास गरिरहेका छन् ।

इजरायलको उच्च अदालतले गत नोभेम्बर १३ मा उनको बयान र सुनुवाइमा १० हप्ताको ढिलाइको लागि गरेको अनुरोध अस्वीकार गर्‍यो, यो भन्दै कि उनीसँग तयारी गर्न पाँच महिना छ।

उनको टोलीले इजरायलको युद्ध व्यवस्थापन गर्ने समयको दबाबका कारण प्रधानमन्त्रीले तयारी गर्न नसकेको दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  २ : ४८ बजे

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका

१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित