बारपाककी सुचिनाको हत्या : पक्राउ परे गाउँकै मनशमशेर गुरुङ | Khabarhub Khabarhub

बारपाककी सुचिनाको हत्या : पक्राउ परे गाउँकै मनशमशेर गुरुङ

घटना स्वीकारेर लेखेका थिए- मबाट कुनै निर्दोष नारीको ज्यान गयो


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.1k
Shares
  • change font
  • change font
  • change font

गोरखा- बारापाक सुलिकोट गाउँपालिका-१ निवासी १८ वर्षीया सुचिना घलेको हत्या गरेको अभियोगमा गाउँकै ४३ वर्षीय मनशमशेर गुरुङलाई पक्राउ गरेर सार्वजनिक गरिएको छ ।

सुचिनाको हत्यापछि नियन्त्रणमा लिएर सोधपुछ गरिएका करिब ५० जनामध्ये गुरूङ एक्लैले सुचिनाको हत्या गरेको तथ्य प्रहरीले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्र सुवेदी नेतृत्वको टोलीले गत मंसिर १८ गते बारापाक सुलिकोट गाउँपालिका-१ स्थित मैखर्कमा खाडलभित्र शव भेटिएको प्रकरणलाई एक साताको मिहिनेतपछि निष्कर्षमा पुर्‍याएको हो ।

प्रहरीले घटनाको नवौँ दिनमा आइतबार राति गुरुङलाई पक्राउ गरेसँगै यो हत्याकाण्डको गुत्थी पनि समाधान भएको छ । मंसिर १५ गते घाँस काट्न घरबाट निस्किएदेखि उनी बेपत्ता थिइन् ।

घटनालगत्तै बारपाकमै बसेर अनुसन्धानमा केन्द्रित प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवेदी नेतृत्वको टोलीले गुरुङको घरबाट उनले घटना सकारेको तथ्य पनि फेला पारेको छ ।

घटनास्थलमा भेटिएको टोपी र डोकोसँगको सम्बन्ध केलाउँदै जाँदा प्रहरीले गुरुङलाई समात्न सफल भएको हो । डीएसपी सुवेदीका अनुसार गुरुङले जंगलमा एक्लै देखेपछि सुचिनालाई बलात्कार गर्न खोजेका थिए । तर उनले प्रतिकार गरेपछि हत्या गरेर खाडलमा पुरेको पनि सकारेको सुवेदीले बताएका छन् ।

‘सोधपुछका क्रममा उक्त घटना आफूले नै गराएको भनेर लेखेको कागज पनि गुरुङको घरको दराजबाट बरामद भएको छ । घर खानतलासी गर्दा दराजमा ‘मेरो बयान’ शीर्षकमा ‘मबाट कुनै निर्दोष नारीको ज्यान गयो भन्ने व्यहोरा लेखिएको कागज बरामद भएको छ’, सुवेदीले भने, ‘अन्तिममा मन सम्शेर नाम लेखी हस्ताक्षर तथा औँठा छापसमेत लगाई राखेको एक पाना नोट फेला परेको छ । जुन प्रहरीको अनुसन्धानको महत्वपूर्ण भौतिक सबुत प्रमाण हो ।’

सुचिना गत मंसीर १५ गतेदेखि हराइरहेकी थिइन् । बेपत्ता भएपछि खोजतलास गर्दा उनको शव मंसीर १८ गते बारपाक सुलिकोट-१ स्थित मैखर्कमा खाल्डोभित्र भेटिएको थियो ।

अहिले उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौंमा राखिएको छ । घटनामा संलग्नलाई कारबाही माग गर्दै आफन्तले शव बुझ्न नमानेपछि शिक्षण अस्पतालमै छ ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ३ : ५५ बजे

स्वतन्त्रता दिवसको मौका पारेर मोदीले घोषणा गरे ‘सुदर्शन चक्र मिसन’

काठमाडौं– भारतले आज आफ्नो ७९ औँ स्वतन्त्रता दिवस मनाउँदै छ

बनेपामा एक सय २३ वर्ष पुरानो ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन एवं ऐतिहासिक महत्त्व बोकेको बनेपामा एक सय २३

वनसमिति-कसरौल सडक जोखिमपूर्ण, स्थानीय भन्छन्- कुनबेला रुख खसेर टाउकामा बजारिने हो पत्तो छैन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाको नगर गौरवको योजना चक्रपथको उत्तरतर्फको सडकखण्डअन्तर्गत पर्ने

सहरी विकास मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठक सम्पन्न

काठमाडौं– सहरी विकास मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडीएसी)

स्थानीय स्रोतको सही प्रयोग र परिचालन गरे देश आत्मनिर्भर हुन समय लाग्दैन : प्रचण्ड 

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले स्थानीय