बारपाककी सुचिनाको हत्या : पक्राउ परे गाउँकै मनशमशेर गुरुङ « Khabarhub

बारपाककी सुचिनाको हत्या : पक्राउ परे गाउँकै मनशमशेर गुरुङ

घटना स्वीकारेर लेखेका थिए- मबाट कुनै निर्दोष नारीको ज्यान गयो


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.1k
Shares
  • change font
  • change font
  • change font

गोरखा- बारापाक सुलिकोट गाउँपालिका-१ निवासी १८ वर्षीया सुचिना घलेको हत्या गरेको अभियोगमा गाउँकै ४३ वर्षीय मनशमशेर गुरुङलाई पक्राउ गरेर सार्वजनिक गरिएको छ ।

सुचिनाको हत्यापछि नियन्त्रणमा लिएर सोधपुछ गरिएका करिब ५० जनामध्ये गुरूङ एक्लैले सुचिनाको हत्या गरेको तथ्य प्रहरीले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्र सुवेदी नेतृत्वको टोलीले गत मंसिर १८ गते बारापाक सुलिकोट गाउँपालिका-१ स्थित मैखर्कमा खाडलभित्र शव भेटिएको प्रकरणलाई एक साताको मिहिनेतपछि निष्कर्षमा पुर्‍याएको हो ।

प्रहरीले घटनाको नवौँ दिनमा आइतबार राति गुरुङलाई पक्राउ गरेसँगै यो हत्याकाण्डको गुत्थी पनि समाधान भएको छ । मंसिर १५ गते घाँस काट्न घरबाट निस्किएदेखि उनी बेपत्ता थिइन् ।

घटनालगत्तै बारपाकमै बसेर अनुसन्धानमा केन्द्रित प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवेदी नेतृत्वको टोलीले गुरुङको घरबाट उनले घटना सकारेको तथ्य पनि फेला पारेको छ ।

घटनास्थलमा भेटिएको टोपी र डोकोसँगको सम्बन्ध केलाउँदै जाँदा प्रहरीले गुरुङलाई समात्न सफल भएको हो । डीएसपी सुवेदीका अनुसार गुरुङले जंगलमा एक्लै देखेपछि सुचिनालाई बलात्कार गर्न खोजेका थिए । तर उनले प्रतिकार गरेपछि हत्या गरेर खाडलमा पुरेको पनि सकारेको सुवेदीले बताएका छन् ।

‘सोधपुछका क्रममा उक्त घटना आफूले नै गराएको भनेर लेखेको कागज पनि गुरुङको घरको दराजबाट बरामद भएको छ । घर खानतलासी गर्दा दराजमा ‘मेरो बयान’ शीर्षकमा ‘मबाट कुनै निर्दोष नारीको ज्यान गयो भन्ने व्यहोरा लेखिएको कागज बरामद भएको छ’, सुवेदीले भने, ‘अन्तिममा मन सम्शेर नाम लेखी हस्ताक्षर तथा औँठा छापसमेत लगाई राखेको एक पाना नोट फेला परेको छ । जुन प्रहरीको अनुसन्धानको महत्वपूर्ण भौतिक सबुत प्रमाण हो ।’

सुचिना गत मंसीर १५ गतेदेखि हराइरहेकी थिइन् । बेपत्ता भएपछि खोजतलास गर्दा उनको शव मंसीर १८ गते बारपाक सुलिकोट-१ स्थित मैखर्कमा खाल्डोभित्र भेटिएको थियो ।

अहिले उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौंमा राखिएको छ । घटनामा संलग्नलाई कारबाही माग गर्दै आफन्तले शव बुझ्न नमानेपछि शिक्षण अस्पतालमै छ ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ३ : ५५ बजे

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने