द्वन्द्वपीडितको अभिभावक भनेको सरकार : मुख्यमन्त्री आचार्य « Khabarhub

द्वन्द्वपीडितको अभिभावक भनेको सरकार : मुख्यमन्त्री आचार्य


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जानकी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका द्वन्द्वपीडितका समस्या सरकारले समाधान गर्ने बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार सूचना तथा स्रोत केन्द्रको नवनिर्मित भवनको मंगलबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले द्वन्द्वकलामा राज्य र विद्रोही दुवै पक्षबाट सबैभन्दा बढी लुम्बिनी प्रदेश प्रभावित भएको बताए।

 उनले यस क्षेत्रका सबै द्वन्द्वपीडितको अभिभावक भनेको प्रदेश सरकार हो भने। कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले स्रोत केन्द्रलाई अनुसन्धान केन्द्रका रूपमा विकास गरिने योजना सुनाए।

इन्सेकका पूर्वअध्यक्ष सुवोधराज प्याकुरेलले १० डिसेम्बर मानव मर्यादाका लागि वैधानिक नैतिक दस्ताबेज सार्वजनिक भएको बताए । मानव अधिकार रक्षाका लागि केन्द्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ३ : ५६ बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको