द्वन्द्वपीडितको अभिभावक भनेको सरकार : मुख्यमन्त्री आचार्य « Khabarhub

द्वन्द्वपीडितको अभिभावक भनेको सरकार : मुख्यमन्त्री आचार्य


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जानकी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका द्वन्द्वपीडितका समस्या सरकारले समाधान गर्ने बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार सूचना तथा स्रोत केन्द्रको नवनिर्मित भवनको मंगलबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले द्वन्द्वकलामा राज्य र विद्रोही दुवै पक्षबाट सबैभन्दा बढी लुम्बिनी प्रदेश प्रभावित भएको बताए।

 उनले यस क्षेत्रका सबै द्वन्द्वपीडितको अभिभावक भनेको प्रदेश सरकार हो भने। कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले स्रोत केन्द्रलाई अनुसन्धान केन्द्रका रूपमा विकास गरिने योजना सुनाए।

इन्सेकका पूर्वअध्यक्ष सुवोधराज प्याकुरेलले १० डिसेम्बर मानव मर्यादाका लागि वैधानिक नैतिक दस्ताबेज सार्वजनिक भएको बताए । मानव अधिकार रक्षाका लागि केन्द्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ३ : ५६ बजे

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा