सोहल, नरेन र हर्शलाई पछि पार्दै कर्णालीका विलियमको कीर्तिमान | Khabarhub Khabarhub

सोहल, नरेन र हर्शलाई पछि पार्दै कर्णालीका विलियमको कीर्तिमान


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं- नेपाल प्रिमियर लिग (एनपीएल)मा अहिलेसम्कै सबैभन्दा बढी ६ विकेट लिएर कर्णाली याक्सका विलियम बोसिस्टोले कीर्तिमान राखेका छन् ।

एनपीएलको सत्रौँ खेलमा मंगलबार टस हारेर पहिला फिल्डिङको निम्तो पाएका कर्णाली बलर विलियमको एकै खेलमा सबैभन्दा बढी विकेट लिएर कीर्तिमान राखेका हुन् ।

यसअघि एक खेलमा सबैभन्दा बढी ५ विकेट तीन खेलाडीले लिएका थिए । चितवन राइनोजका सोहल तनवीर, सुदूरपश्चिमका नरेन साउद र जनकपुर बोल्ट्सका हर्श थाकरले ५ विकेट लिएका छन् ।

लिगको दोस्रो खेलमा चितवनका सोहलले काठमाडौं गुर्खाजको ५ विकेट लिएका थिए । तत्कालीन समय त्यो लिगमा सबैभन्दा बढी विकेट थियो ।

नवौं खेलमा आइपुग्दा सुदूरपश्चिमका नरेन साउदले सोहलको कीर्तिमानीसँग बराबरी गरे । नरेनले पनि एकै खेलमा काठमाडौंकै ५ विकेट लिएका हुन् ।

चौधौँ खेलमा जनकपुरका हर्श थाकरले लुम्बिनी लायन्सको ५ विकेट लिए । योसँगै उनले सोहल र नरेनको कीर्तिमानीसँग बराबरी गरेका थिए ।

सत्रौं खेलमा आइपुग्दा सोहल, नरेन र हर्शलाई पछि पार्दै विलियमले कीर्तिमान राखेका हुन् ।

लिगमा विलियमको प्रस्तुति ?

विलियमलाई कर्णालीले ढिलो टिममा भित्रएको हो । मंसिर १७ गते टोलीले पहिलो खेल जनकपुरसँग खेल्दा उनी नेपाल आइपुगेका थिएनन् । उनी मंसिर १९ मा मात्रै प्रतियोगिताका लागि नेपाल आइपुगेका हुन् ।

उनले पहिलो खेल चितवन राइनोजविरुद्धको हो । सो खेलमा उनले २ ओभर बलिङ गर्दा १७ रन खर्चिएका थिए ।

दोस्रो खेल अर्थात् विराटनगरसँगको खेल मात्रै उनले विकेटको खाता खोलेका हुन् । त्यस खेलमा चार ओभर बलिङ गर्दा उनले विराटनगरका नरेन भट्टलाई एलबीडब्ल्यू आउट गरेका थिए ।

तेस्रो खेलमा कीर्तिमानी बनाउनले क्रममा उनले कप्तान कुशल भुर्तेल, म्याथ्यु क्रिचली, दिलिप नाथ, माइकल लिस्क, नारायण जोशी र रेमन रिफरको विकेट लिएका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ८ : ०१ बजे

सौर्यजहाज दुर्घटना सम्बन्धमा संसद्को चासो, छानबिन समिति गठन

काठमाडौं– सौर्य जहाज दुर्घटनाका विषयमा छानबिन गर्न संसद्ले चासो देखाएको

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

 सुनसरी– सुनसरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको

गभर्नर अधिकारीसँग सम्बन्धित मुद्दामा १७ वटा तारेख, आज पनि भएन सुनुवाइ

काठमाडौं नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकार विरुद्ध दायर

क्षेत्रपाटीबाट चोरिएको मोटरसाइकल नयाँ बजारमा भेटियो

काठमाडौं– काठमाडौँको क्षेत्रपाटीबाट चोरी भएको मोटरसाइकल नयाँ बजारमा फेला परेको

तौलिहवामा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने

काठमाडौं– तौलिहवामा फागुन ७ गते ‘बजाज माइलेज च्याम्पियन’ हुने भएको