रास्वपा सांसदहरूलाई सर्वोच्चले भन्यो- अवहेलना मुद्दामा किन कारबाही नगर्ने ? | Khabarhub Khabarhub

रास्वपा सांसदहरूलाई सर्वोच्चले भन्यो- अवहेलना मुद्दामा किन कारबाही नगर्ने ?


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदाललते राष्ट्रिय स्वतन्त्र पार्टीका २० जना सांसदहरूसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाफ मागेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलबार रास्वपा सांसदहरूलाई अवहेलना मुद्दामा कारबाही किन नगर्ने भनेर जवाफ मागेको हो ।

गत कात्तिक २ गते पक्राउ परेका सभापति रवि लामिछानेको बचाऊमा सडकमा उत्रिएका २० सांसदविरुद्ध अधिवक्ता अनुमप भट्टराईले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

सर्वोच्च प्रशासनले दरपीठ गरेको उक्त रिट न्यायाधीश विनोद शर्माको इजलासले दर्ता गर्न आदेश दिएपछि अघि बढेको थियो ।

यसअघि उक्त रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले प्रमाण पेश गर्न निवेदकको नाममा आदेश दिएको थियो ।

भट्टराईले अनुसन्धानमा रहेको मुद्दामा अदालतलाई दबाब दिने उद्देश्यले सडकमा निस्किएर आन्दोलन गर्ने, अदालतविरुद्ध नै अभिव्यक्ति दिने र जनतालाई उचाल्दै न्याय प्रक्रियामा भाँजो हाल्न खोजेको आरोपसहित अवहेलनासम्बन्धी निवेदन पेश गरेका थिए ।

अधिवक्ता भट्टराईले रास्वपाका उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेसहित बागमती प्रदेश सभापति डा. अच्युतम लामिछाने, पार्टी कार्यवाहक प्रवक्ता तथा सांसद मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, तोषिमा कार्की, सोविता गौतम, अशोक कुमार चौधरी, अशिम साह र गणेश पराजुलीविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए ।

अन्य सांसदहरू चन्दा कार्की, निशा डागी, बिन्दबासिनी कंसकार, बिनिता कठायत, लक्ष्मी तिवारी, शिव नेपाली, शिशिर खनाल, सन्तोष परियार र हरि ढकालविरुद्ध पनि अदालतको अवहेलनामा मुद्दा दायर भएको थियो । रवि पक्राउ परेयता उनलाई लगिएका हरेक जिल्लामा रास्वपा नेता-कार्यकर्ता आन्दोलित छन् ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ७ : ०४ बजे

मुस्ताङका फल्याक र धार्काजुङमा सिँचाइको अभाव

मुस्ताङ– वारागुङ मुक्तिक्षेत्र–५ को फल्याक, धार्काजुङ र पाक्लिङ गाउँलाई कृषिको

हेवा खोलामा बाढी आउँदा मेची राजमार्ग अवरुद्ध

फिदिम – अविरल वर्षाका कारण हेवा खोलामा आएको बाढीले मेची

नीलबाराही मन्दिर संरक्षणमा स्थानीय

भक्तपर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ स्थित नीलबाराही मन्दिर संरक्षण गर्न पहल

दुई अर्ब ४१ करोड ७९ लाख राजस्व सङ्कलन

कञ्चनपुर– आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको राजस्व सङ्कलन वृद्धि भएको छ

पर्वतमा पहिरोले घर पुरिँदा एक दम्पती बेपत्ता

पर्वत – गएरातिदेखिको अविरल वर्षाले पर्वतमा पहिरोले घर पुरिँदा एक