भुर्तेल फेरि फ्लप हुँदा पोखराको तेस्रो हार, कर्णालीको तेस्रो जित « Khabarhub

कर्णाली भर्सेस पोखरा

भुर्तेल फेरि फ्लप हुँदा पोखराको तेस्रो हार, कर्णालीको तेस्रो जित


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तगर्तको सत्रौँ खेलमा मंगलबार पोखरा एभेन्जर्सविरुद्ध कर्णाली याक्सले ७ विकेटको सहज जित निकाल्यो ।

पोखराले १६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै प्रस्तुत गरेको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेटको क्षतिमै पूरा गरेको हो ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला फिल्डिङको निम्तो पाएको कर्णालीका बलर विलियमको बलले पोखराका ब्याटरलाई सस्तैमा पवेलियन फर्कायो ।

प्रतियोगितामा ५ खेल खेलेको कर्णालीलाई तेस्रो जित हात पार्न विलियम बलिङ प्रभावकारी बन्यो ।

अस्ट्रेलिय अलराउन्डसमेत रहेका विलियमा यही खेलमा जारी एनपीएलको एकै खेलमा सर्वाधिक ६ विकेटको कीर्तिमान राखे ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनरसमेत रहेका तथा पोखराका कप्तान कुशल भुर्तेल पनि उनकै बलको शिकार बने ।

२० रन जोडेका वेस्ट इन्डिजका अलराउन्डरसमेत रहेका पोखराका रेमन रिफरलाई विलियमले नै चाडविक वाल्टनमार्फत् क्याच आउट गराए ।

इङल्यान्डका अलराउन्डरसमेत रहेका म्याथ्यु क्रिचली पनि विलियमको बलको सामना गर्न सकेनन् ।

उनले पोखराका दीलिप नाथलाई पनि सस्तैमा समेटे । दिलिप ३ रन जोडेर मैदानबाट बाहिरिए ।

पोखराका माइकल लिस्क ३ र नारायण जोशी १ रन जोडेर लियमकै बलको शिकार भए ।

यस खेलमा विलियमले ४ ओभर बलिङ गर्दा ६ विकेट लिए । तथापि आजको खेलमा ४ ओभर बलिङ गर्ने मध्येका खर्चालु बलर हुन् । उनले २८ रन खर्चिए ।

तस्बिर : चिरायु शाक्य

क्रिजमा टिक्न सकेनन् भुर्तेल

जारी प्रतियोगितामा चल्न नसकेका घरेलु खेलाडीहरूको सूचीमा कुशल भुर्तेल अग्रस्थानमै आउँछन् ।

नेपाली राष्ट्रिय टिमका ओपनरसमेत रहेका पोखराका कप्तानले कर्णालीविरुद्धको आजको खेलमा मात्रै दोहोरो रन बनाएका हुन् । उनी आज पनि सस्तैमा अर्थात् १० रनमा आउट भए ।

चितवन राइनोजसँगको खेलमा भुर्तेल रनको खाता नखोली पवेलियन फर्किएका थिए ।

जनकपुरसँगको खेलमा उनले ६ रन जोडेका थिए । पोखराको ४ मध्ये ३ खेलमा ब्याटिङ गर्न पाएका भुर्तेलले अहिलेसम्म १६ रन मात्रै जोडेका छन् ।

पोखराको तेस्रो हार, कर्णालीको तेस्रो जित

एनपीएलमा पोखराले ४ खेल खेलेको छ । जसमा ३ खेल हारेको र १ खेल जितेको पोखरा २ अंकसहित तालिकाको अन्तिम दोस्रो अर्थात् सातौँ स्थानमा छ ।

पोखरा पहिलो खेलमा चितवन, दोस्रो जनकपुर र चौथो खेलमा कर्णालीसँग पराजित भएको हो । तेस्रो खेलमा भने लुम्बिनीसँग जित निकालेको हो ।

आजको हार पोखराका लागि ४ खेलमा तेस्रो हार हो ।

त्यस्तै, ५ खेल खेलेको कर्णालीको लागि पोखराविरुद्धको जित तेस्रो हो । कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्स र दोस्रो खेलमा काठमाडौं गुर्खाजसँग लगातर हारेको थियो ।

चिवतन राइनोजविरुद्धको आफ्नो तेस्रो खेलमा भने कर्णालीले पहिलो पटक जितको स्वाद थाहा पायो ।

अघिल्ला दुई खेल लगातार हारेको कर्णालीले पछिल्ला तीन खेलमा लगातार जित निकालेको छ ।

चिवतनपछि कर्णालीले विराटनगर र पोखरालाई हराएको हो ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ८ : ०५ बजे

सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल