विहारमा किनेको सर्टिफिकेट देखाएर जागिर खाएका सशस्त्रका सईविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

विहारमा किनेको सर्टिफिकेट देखाएर जागिर खाएका सशस्त्रका सईविरुद्ध भ्रष्टाचार मुद्दा


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं ( अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल, नेपाल नं. २९ गण हेडक्वार्टर ज्वालामाई दाङबाट राजीनामा दिएका सशस्त्र प्रहरी निरीक्षक (सई) छविलाल कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले विशेष अदालतमा मङ्गलबार कुँवरविरुद्ध मुद्दा (आरोपपत्र) दायर गरेको हो

यसअघि नै सेवाबाट राजीनामा दिएका कुँवरको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गर्न आयोगमा उजुरी परेको थियो । माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, यूपी) अन्तर्गत हाई स्कूल तहको परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र पेश गरी उनी सशस्त्र प्रहरीमा भर्ना भएका थिए ।

उजुरीमाथि अनुसन्धान हुँदा कुँवरले झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको पदमा प्रवेश गरी बढुवा भई ओहदा एवम्‌ लाभसमेत प्राप्त गरेको खुलेको आयोगले जानकारी दिएको छ ।

कुँवरलाई आयोगले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२, दफा २९(२) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर लगाएको छ । उनीविरुद्ध ऐनका उल्लेखित प्रावधान बमोजिम सजाय मागदाबी भएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  १ : ३८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया