विहारमा किनेको सर्टिफिकेट देखाएर जागिर खाएका सशस्त्रका सईविरुद्ध भ्रष्टाचार मुद्दा | Khabarhub Khabarhub

विहारमा किनेको सर्टिफिकेट देखाएर जागिर खाएका सशस्त्रका सईविरुद्ध भ्रष्टाचार मुद्दा


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं ( अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल, नेपाल नं. २९ गण हेडक्वार्टर ज्वालामाई दाङबाट राजीनामा दिएका सशस्त्र प्रहरी निरीक्षक (सई) छविलाल कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले विशेष अदालतमा मङ्गलबार कुँवरविरुद्ध मुद्दा (आरोपपत्र) दायर गरेको हो

यसअघि नै सेवाबाट राजीनामा दिएका कुँवरको शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गर्न आयोगमा उजुरी परेको थियो । माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, यूपी) अन्तर्गत हाई स्कूल तहको परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र पेश गरी उनी सशस्त्र प्रहरीमा भर्ना भएका थिए ।

उजुरीमाथि अनुसन्धान हुँदा कुँवरले झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको पदमा प्रवेश गरी बढुवा भई ओहदा एवम्‌ लाभसमेत प्राप्त गरेको खुलेको आयोगले जानकारी दिएको छ ।

कुँवरलाई आयोगले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२, दफा २९(२) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर लगाएको छ । उनीविरुद्ध ऐनका उल्लेखित प्रावधान बमोजिम सजाय मागदाबी भएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  १ : ३८ बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना