कलाकार भन्छन् : दशैँको ‘ब्यूटी’ नयाँ नोट ! « Khabarhub

कलाकार भन्छन् : दशैँको ‘ब्यूटी’ नयाँ नोट !


२५ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दशैँ चाडको ना सुन्नेबित्तिकै तपाईँ के सम्झनुहुन्छ ? तपाईंलाई केको याद आउँछ ? पक्कै नयाँ लुगा, नयाँ नोट, मांशाहारीले मासु र पिङ नै हो ।

बजारमा सुकिला र नयाँ नोटको कारोबार हुन थालेपछि दशैँको आएको महसुस हुन थाल्छ । यो वर्ष पनि सुकिला नोट पर्याप्त भएकाले राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने निर्णय गर्‍यो । यस निर्णयमा केही सर्वसाधारणको असहमति पनि छ ।

उनीहरूको भनाइ छ, ‘दशैँको नयाँ नोट त हाम्रो भावनासँग जोडिएको छ । दशैँको मज्जा भनेको नै नयाँ नोट र नयाँ लुगा हो नि !’

हाम्रा कलाकारहरू पनि नयाँ नोट दशैँको ‘ब्यूटी’सँग जोडिएको महत्वपूर्ण हिस्सा मान्छन् । उनीहरू भन्छन्, ‘बाल्यकालको दशैँ नै नयाँ नोटले गर्दा रमाइलो लाग्थ्यो ।’

यद्यपि उनीहरू राष्ट्र बैंकको निर्णय सही वा गलत भन्ने पक्षमा छैनन् । दशैँ र नयाँ नोटबारे केही कलाकारले खबरहबसँग आफ्नो अनुभव सुनाएका छन्

पुष्कर गुरुङ, वरिष्ठ कलाकार

नयाँ नोट र नयाँ लुगा नै दशैँ सम्झाउने मुख्य आधार हुन् । यो हिसाबले नयाँ नोटको दक्षिणा दिनु राम्रो हो ।

पैसा नोट र पुरानो भए पनि मूल्य बराबर नै हो । हाम्रो मुलुकमा नोटको जतन गर्ने चलन छैन । यो हिसाबले चाहिँ ठीकै हो ।

विशेषगरी पहिलादेखि नै चलिआएको नयाँ नोट नै वितरण गर्दा राम्रो हुन्थ्यो । तर हामीले नयाँ नोटको जतन भने अवश्य गर्नुपर्छ ।

सुमन कार्की, कलाकार

म राष्ट्र बैंकभन्दा जान्ने बन्ने त कुरै भएन । यो उहाँहरूको केही आवश्यक नीति नै होला । दशैँ भन्नेबित्तिकै नयाँ नोट र नयाँ लुगाकै सम्झना आउँछ । त्यसकारण यी कुरासँग हाम्रो भावना पनि जोडिएको छ ।

विशेषगरी बच्चाहरूलाई नयाँ नोटले खुशी दिन्छ । त्यसकारण दिए पनि हुने हो है जस्तो लाग्छ । मगमग बास्ना आउने कटकटे नोट दशैँको सुन्दरता हो ।

सही वा गलत म भन्दिनँ । दिएको भए राम्रै हुन्थ्यो । नदिए सुकिला र पुराना नोटले नै काम चलाउनुपर्ला ।

मुकुन भुसाल, नायक

राष्ट्र बैंकले नयाँ नोट नदिएर सुकिला नोट दिएको भन्ने समाचार पढेँ मैले पनि । उमेरसँगै दशैँमा यस्ता कुराको खासै महत्त्व नहुने रहेछ । तर बाल्यकालको दशैँ नयाँ नोटले नै रमाइलो पारिदिन्थ्यो ।

बास्नादार कटकटे नयाँ नोटको चहलपहलले दशैँ आएको महसुस हुन्थ्यो । नयाँ नोट मास्न पनि मन नलाग्ने ! पसलमा नयाँ नोट दिँदा फिर्ता पनि नयाँ नोट नै आओस् जस्तो लाग्थ्यो ।

अहिले नदिनुमा नेपाल राष्ट्र बैंकको केही नीति होला । जे होस् – दशैँका बेला उपलब्ध हुने नयाँ नोट भावनासँग जोडिएको छ ।

लक्ष्मी बर्देवा, नायिका

बाल्यकालमा नयाँ नोट पाउँदा खुशी नै लाग्थ्यो । त्यसबेला दशैँसँग जोडिएर आउने कुरा नै नयाँ नोट र नयाँ लुगा हो । अहिले पनि दशैँको स्मरणमा नयाँ नोट नै सुरुमा आउँछ ।

ठूलो भएपछि आफैँले नयाँ नोट साटेर ल्याएको अनुभव चाहिँ मसँग छैन । यसकारण नयाँ नोट वितरण नगर्दा व्यक्तिगत रूपमा मलाई फरक चाहिँ पर्दैन ।

तर, दशैँमा नयाँ नोट संस्कृतिकै रूपमा विकास भएको छ । वितरण नगर्दा केहीलाई दशैँ खल्लो होला कि जस्तो चाहिँ लाग्छ ।

दिने र नदिने राष्ट्र बैंकको कुरा हो । उहाँहरूले केही सोचरै त नदिने निर्णय गर्नुभएको होला नि !

विजय बराल, नायक

मलाई नयाँ नोटको बास्ना निकै मनपर्छ ।

मेरो मानसिकतामा दशैँ भनेको दक्षिणामा नयाँ नोट दिने र दिने भन्ने नै आउँछ । यो दशैँको खुशीसँग जोडेर मैले बुझ्ने गरेको छु ।

नयाँ नोट वितरण नगर्ने त सरकारी निकायको निर्णय हो । यसमा मैले के भन्न सक्छु र ! नहुँदा भन्दा हुँदा नै राम्रो हाला जस्तो चाहिँ लाग्छ । यो त दशैँको ब्यूटी हो नि ! पहिलादेखि देख्दै आएको नयाँ नोट नदेख्दा केही अभाव त महसुस हुन्छ ।

माओत्से गुरुङ, वरिष्ठ कलाकार

नयाँ नोट दिने/नदिने यो राष्ट्र बैंककै कुरा हो । उहाँहरूले पक्कै केही निष्कर्षमा पुगेर नयाँ नोट नदिनु भएको होला ।
यो भन्दा अघि नयाँ नोटको नै दक्षिणा दिन्थेँ । यो पटक पाइएन भने पुरानै दिनुपर्ला । पुरानो नोटको दक्षिणा दिनेलाई भन्दा लिनेलाई फरक पर्ला कि जस्तो लाग्छ । ‘अहो ! यस पटक त पुरानो नोटको दक्षिणा पाएँ’ भन्छन् कि ?

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ७ : ४२ बजे

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना