कुन बार दाह्री काट्दा कस्तो फल मिल्छ ? « Khabarhub

कुन बार दाह्री काट्दा कस्तो फल मिल्छ ?


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

मानव जीवनमा विभिन्न धर्म, संस्कृति, समुदायहरूमा आआफ्नै प्रचलनहरू रहेका छन् ।

धर्मशास्त्रमा के गर्न हुने र नहुने तथा कुन कामले शुभ र अशुभ फल दिन्छ भन्ने विषयमा चर्चा गरिएको पाइन्छ ।

मानव जीवनका हरेक नियमहरू हुन्छन् । यस्तै नियममध्ये कपाल काट्ने, दाह्री काट्ने, नङ काट्ने, नाक छेड्ने, कस्तो पहिरन लगाउने, कस्तो मुद्रा धारण गर्ने जस्ता विषयहरू रहन्छन् ।

आज हामी दाह्री काट्ने विषयका बारेमा चर्चा गर्दैछौँ । सनातन हिन्दु धर्मशास्त्र अनुसार  साताको केही बारलाई दाह्री काट्न बन्देज लगाइएको छ । तर कुनै बारलाई शुभ मानिएको छ ।

हाम्रो समाजमा जन्म बारमा दाह्री–कपाल काट्नु हुँदैन भन्ने मान्यता रहेको छ । तर पछिल्लो पुस्ताले यसलाई खासै वास्ता गरेको पाइँदैन ।

पछिल्लो समय मानिसहरू काममा व्यस्त रहने हुँदा बिदाको दिन कुनै पनि काम शनिबारका लागि थाती राख्ने गर्दछन् । विशेष गरी दाह्री, कपाल काट्नका लागि यही दिन छुट्याउने गरेको पाइन्छ ।

तर ज्योतिषशास्त्र अनुसार शनिबार दाह्री काट्नुलाई असाध्यै अशुभ मानिएको छ । यस दिन दाह्री काटेमा मृत्युको भय बढ्ने उल्लेख छ ।

महाभारतको अनुशासन पर्वमा उल्लेख गरिए अनुसार बुधबार दाह्री काट्नु निकै राम्रो मानिएको छ । यस दिन धन आउने र परिवारका सदस्यमा खुसी आउने मान्यता राखिन्छ  ।

त्यसै गरी शुक्रबार पनि राम्रो मानिएको छ । यस दिनलाई सौन्दर्यको दिन पनि मानिन्छ । त्यसैले यस दिन शरीरका नङ कपाल र दाह्री काट्नु राम्रो दिन हो ।

शास्त्रका अनुसार  अरु बार जसमा आइतबार कपाल, दाह्री र नङ काट्दा धर्म, धन र बुद्धिको नास हुने महाभारतको अनुशासन पर्वमा उल्लेख छ ।

यस्तै, सोमबार र मंगलबार पनि दाह्री काट्नका लागि राम्रो मानिएको छैन ।

बिहीबारलाई लक्ष्मीको दिन मानिन्छ । यस दिन दाह्री काट्दा लक्ष्मी अर्थात् धनकी देवी बेखुसी भएर दरिद्र हुने उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ६ : २७ बजे

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको