फुटबलले गुमाएका दुई महान् खेलाडी | Khabarhub Khabarhub

फुटबलले गुमाएका दुई महान् खेलाडी

सम्झनामा जर्मनीका फ्रेन्च बेकनबउर र ब्राजिलका मारियो जगालो


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

एक महान् फुटबलरको कोटीमा रहेका फ्रेन्च बेकनबउरको ७८ वर्षको उमेरमा निधन भएको छ। खेलाडी र प्रशिक्षकको रूपमा विश्वकप जित्ने यो नवीनतम सफलता पाएका उनले खेलाडीको रूपमा सन् १९७४ मा पश्चिम जर्मनीलाई विश्वकप दिलाएका थिए भने सन् १९९० मा प्रशिक्षकको रूपमा विश्वकप दिलाएका थिए।

रक्षापक्तिका माहिर खेलाडी उनले वायरन म्युनिखका लागि पाँच सय ८२ खेल खेलेका थिए। ‘डर केसर’को उपनामले चिनिएका उनले सन् १९७२ मा युरोपेली च्याम्पियनसिपको उपाधि जितेका थिए।

आइतबार उनको निधन भएपछि सिङ्गो संसारका फुटबल प्रेमीमा एक किसिमको शोक छाएको छ। कुनै समय मिडफिल्डमा खेलेका बेकनबउर सन १९६६ को विश्वकपमा इङ्गल्यान्डका बबी चार्लटनको निगरानीमा थिए। सो विश्वकपको फाइनलमा इङ्लिस टोली ४-२ ले विजयी भएको थियो। त्यसपछि उनी रक्षक भएका थिए।

कुनै समय मिडफिल्डमा खेलेका बेकनबउर १९६६ को विश्वकपमा इङ्गल्यान्डका बबी चार्लटनको निगरानीमा थिए। सो विश्वकपको फाइनलमा इङ्लिस टोली ४-२ ले विजयी भएको थियो।

वायरनको आजको स्थान रहनुमा बेकनबउरकै सबै भन्दा बढी भूमिका भएको जनाइन्छ। सन् १९६६ कै विश्वकपमा २० वर्षका उनले चार गोल गरेपछि उत्कृष्ट युवा खेलाडीको अवार्ड पाएका थिए।

पश्चिम जर्मनीका लागि एक सय तीन खेल खेलेका उनले राखेको कीर्तिमानले ब्राजिलका मारियो जगालोको खेलाडी र प्रशिक्षकको रूपमा उपमा उपाधि जित्ने ब्राजिलका मारियो जगालोको कीर्तिमानसँग बराबरी गरे। पछि यसमा फ्रान्सका डिडियर डेसक्याम्प पनि थपिए। संयोग भनौँ बेकनबउर संसारबाट बिदा भए लगत्तै जगालो पनि ९२ वर्षको उमेरमा यस संसारबाट बिदा भए।

उनको नेतृत्वमा वायरनले तीन पटक युरोपियन कपको उपाधि जितेको थियो। उनलाई जर्मन फुटबल इतिहासको उत्कृष्ट फुटबलर मात्र होइन, एउटा असल मानिसको रूपमा चित्रित गरिन्छ।

वायरन छाडेपछि उनले न्युयोर्क कसमसका लागि खेलेका थिए। त्यहाँ उनी र ब्राजिलका पेले दुवै छाएका थिए। सन् १९८३ मा खेलाडी जीवनबाट संन्यास लिएका उनले त्यसको एक वर्षपछि नै पश्चिम जर्मनीको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।

सन् १९८६ र सन् १९९० को विश्वकप खेलेको गेरी लिनकेरले बेकनबउरको निधन अत्यन्त दुखलाग्दो भएको बताएका छन्। जर्मनी र वायरन म्युनिखका खेलाडी थोमस म्युलरले पनि बेकनबउरको निधन फुटबल संसारका लागि दुखद भएको प्रतिक्रिया दिएका छन्।

बेकनबउरको नेतृत्वमा वायरनले तीन पटक युरोपियन कपको उपाधि जितेको थियो। उनलाई जर्मन फुटबल इतिहासको उत्कृष्ट फुटबलर मात्र होइन, एउटा असल मानिसको रूपमा चित्रित गरिन्छ।

वायरनको अध्यक्ष भएको उनी जर्मन फुटबल सङ्घका उपाध्यक्ष पनि भएका थिए। उनले सन् २००६ को विश्वकप आयोजनाको बिड गरेको थियो। सो बिडमा जर्मनीले सफलता पाएको थियो। बेकनबउरको निधन पछि विश्व फुटबल महासङ्घ (फिफा)का अध्यक्ष जीयानी इन्फाटिनोले पनि समवेदना व्यक्त गर्दै फुटबलले एउटा इतिहास बोकेको व्यक्तित्व गुमाएको प्रतिक्रिया दिएका छन्।

विश्व फुटबलमा एउटा पुस्ताको सदैव स्मरण गरिन्छ। जुन पुस्तामा बेकनबउर थिए। चार्लटन थिए र पेले पनि थिए। नेदरल्यान्ड्सका जोन क्रुफ सहितको कारणले त्यो पुस्तालाई स्वर्ण युगको रूपमा पनि चित्रण गरिन्छ।

सन् १९७४ मा पश्चिम जर्मनीले विश्वकप त अझ विशेष थियो। क्रुफको नेतृत्वमा नेदरल्यान्ड्सले ‘टोटल फुटबल’ को सुरुवात गरेको थियो। त्यस समयमा नेदरल्यान्ड्स निःसन्देह उपाधिको दाबेदार थियो।

फाइनलमा पनि जर्मनी जोन नेस्कन्सो पेनाल्टी गोलमा पछि परि सकेको थियो। अन्त्यमा सो खेल बेकनबउर प्रेरित जर्मनीले २-१ ले जितेको थियो। उनको खेल जीवनमा फरवार्ड गर्ड म्युलरको उपस्थिति वायरन र जर्मन राष्ट्रिय टोली दुवैको सान अझ बढाएको थियो।

विश्व फुटबलमा एउटा पुस्ताको सदैव स्मरण गरिन्छ। जुन पुस्तामा बेकनबउर थिए। चार्लटन थिए र पेले पनि थिए।

सन् १९७६ को युरोपियन च्याम्पियनसिपको फाइनलमा चेकोस्लोभाकियासँग टाई ब्रेकरमा हारेपछि उनको अन्तर्राष्ट्रिय खेल जीवनको अन्त्य भने सोचे जस्तो सफल हुन पाएन। सो खेलमा एन्टेनियो पानेन्काको कमजोर पेनाल्टी प्रहारको पछिसम्म चर्चा हुने गरेको छ।

खेलाडीको रूपमा विश्वकप जितेका जगालो भने ब्राजिलले सन् १९९४ को विश्वकप जित्दा ब्राजिलको टोलीमा कार्लोस अल्बर्टो परेराको सहायकको रूपमा थिए। तर यसको २४ वर्ष भन्दा अगाडि नै आफ्नो टोलीलाई उनले मुख्य प्रशिक्षकको रूपमा विश्वकप उपाधि दिलाएका थिए।

सन् १९५८ र १९६२ को विश्वकपमा खेलाडीको रूपमा विश्वकप जितेका उनले सन् १९७० मा मुख्य प्रशिक्षकको रूपमा ब्राजिललाई विश्वकप उपाधि दिलाएका हुन्। चार पटकको विश्वकप उपाधिका प्रत्यक्ष संलग्न उनी पाँचौँ पटक ब्राजिलले सन् २००२ को विश्वकप उपाधि जित्दा सल्लाहकार थिए। ब्राजिलले उनको निधनमा सात दिन शोक मनाउने निर्णय गरेको छ।

खेलाडीको रूपमा विश्वकप जितेका जगालो भने ब्राजिलले सन् १९९४ को विश्वकप जित्दा ब्राजिलको टोलीमा कार्लोस अल्बर्टो परेराको सहायकको रूपमा थिए।

सन् १९५८ को विश्वकप अघि ब्राजिलको राष्ट्रिय टोलीका लागि कमै खेलेका उनलाई प्रशिक्षक भिसेन्टे फियोलाले धेरै नै अवसर दिएपछि टोलीका महत्त्वपूर्ण खेलाडी भएका थिए। उनले फाइनलमा गोल पनि गरे। सन् १९९० मा उनले टोली सम्हाले पछि ब्राजिल अत्यन्त आक्रामक टोलीको रूपमा विकसित भएको थियो।

कार्लोस अल्बर्टो परेराले सो विश्वकपमा गरेको गोल अहिले पनि स्मरणीय मानिन्छ। अहिलेसम्म फुटबलकै उत्कृष्ट टोली सन् १९७० को विश्वकप विजेता ब्राजिलको टोली मानिन्छ। जुनसुकै टोलीलाई आक्रमण थेग्नै कठिन हुने ब्राजिलको आक्रमणमा पेले, जर्जीन्हो, रेभलिन्हो र टासटाओ थिए।

अदृश्य शक्तिमा विश्वास गर्ने उनी १३ नम्बरको जर्सी भाग्यमानी ठान्थे। ‘ओल्ड उल्फ’ को उपनाम पाएका उनको जन्म ९ अगस्ट १९३१ मा भएको हो। उनको परिवारले उनलाई फुटबल खेल्नका लागि कहिले पनि प्रेरित गरेको थिएन। सुरुमा पाइलट बन्ने चाहना भएका उनलाई आँखा कमजोर भएका कारण बाधा सृजना भएको थियो।

सन् १९६२ को विश्वकपमा भने उनी मुख्य खेलाडी थिएनन्। प्रशिक्षकले नयाँ शैली र रणनीति अपनाउँदा भने जगालोको प्रयोग हुने गरेको थियो। सन् १९९८ को विश्वकपमा पनि उनले अवसर पाएका थिए। तथापि फाइनलमा ब्राजिल फ्रान्ससँग ३-० ले पराजित भएको थियो।

सन् १९७० को दशकमा जर्मनीलाई नयाँ दिशा दिने बेकनबउर होस या ब्राजिलका महान् खेलाडी जगालोको भूमिका सदैव चर्चा योग्य सम्मानयोग्य बनेर रहने छ।

फुटबल अहिले नयाँ युग र नयाँ दुनियाँमा प्रवेश गरी सकेको छ। धेरै प्रविधिको विकास भइसकेको छ। सन् १९७० को दशकमा जर्मनीलाई नयाँ दिशा दिने बेकनबउर होस या ब्राजिलका महान् खेलाडी जगालोको भूमिका सदैव चर्चा योग्य सम्मानयोग्य बनेर रहने छ।

ब्राजिल एउटा त्यस्तो शक्ति हो, जहाँ प्रत्येक युगमा कोही नायक जन्मिएका छन्। जगालोको युग त्यो थियो जहाँ ब्राजिलमा एक से एक हस्ती थिए।

गारिन्चा, जर्जीन्हो, पेले लगायत स्टारको उदय एउटै युगमा भएको थियो। यसलाई निरन्तरता दिने क्रममा जिको, रोमारियो, रोनाल्डो, रिभाल्डो , रोनाल्डीन्हो र काकासम्मले गरे। अहिले ब्राजिलीयन फुटबलको साख विगतको जस्तो छैन। तथापि ब्राजिलले जितेको पाँच विश्वकपको कीर्तिमानमा जगालोको नाम स्वर्णिम अक्षरले सधैँ लेखिने छ। स्रोतः बीबीसी, सिएनएन र द इन्डीपेन्डेन्ट

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ७ : १० बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि