भोजपुरको हतुवागढीमा जनस्तरबाट सडक निर्माण « Khabarhub

भोजपुरको हतुवागढीमा जनस्तरबाट सडक निर्माण


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिकाले जनस्तरबाट १९ किलोमिटर सडक निर्माण गर्ने स्थानीयवासीलाई सम्मान गरेको छ ।

स्थानीयको अगुवाइमा व्यक्तिगत तथा विभिन्न सङ्घ संस्थाबाट ६१ लाख ७६ हजार रुपैयाँ सङ्कलन गरेर सुनबालुवा–घोडेटार सडक निर्माण गरिएको हो ।

हतुवागढी क्षेत्रमा सडक विस्तारको लागि ‘स्काभेटर’ अरुण नदीबाट तारेको १४ वर्ष पुगेको अवसरमा तत्कालीन समयमा सडक निर्माणमा आर्थिक सहयोग गर्ने ३८  स्थानीयलाई सम्मान गरिएको हो ।

जनस्तरमा जागरण जुटाएर आठ सयदेखि पाँच लाख ४० हजारसम्म आर्थिक सहयोग गर्ने स्थानीयवासीलाई गाउँपालिकाले सम्मान गरेको छ । यो सडक निर्माणको लागि व्यक्तिगत रुपमा २८ लाख ६४ हजार नौ सय ९३ र  विभिन्न सङ्घ संस्थाबाट ३३ लाख ११ हजार ६ सय  लगानी भएको बताइएको छ ।

सडक विस्तारको स्मरणका लागि घोडेटार बजारमा सडक स्मारक स्तम्भसँगै घोडाको प्रतिमासमेत राखिएको छ । स्मारकमा रहेको शिलालेखमा दाताको नामावली राखिएको छ ।

सोही कार्यक्रममा घोडाको प्रतिमाको समेत अनावरण गरिएको छ । हतुवागढी गाउँपालिकाको ऐतिहासिकता उजागर गर्दै दाताको सम्मानस्वरुप स्मारक निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । यहाँ निर्माण गरिएको स्मारकले घोडेटारको ऐतिहासिक विशेषतासँगै अन्य पक्षलाई समेत समेटेको उनको भनाइ छ ।

कार्यक्रमको अवसरमा सडक निर्माणमा योगदान गर्ने तत्कालीन समितिलाई प्रशंसापत्रसमेत हस्तान्तरण गरिएको अध्यक्ष राईको भनाइ छ ।

सडकको कारण समस्या भोगिरहेको अवस्थामा तत्कालीन समयमा ज्यानको प्रवाह नगरी ११ घण्टा लगाएर अरुण नदीबाट डोजर तारिएको  दिनको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

गाउँपालिकाले सम्मानपत्रसँगै यो काममा योगदान पुर्‍याउने दाताको नाम शिलापत्रमा राखेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए । स्थानीय नागरिकले यहाँको विकासमा खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्ने लक्ष्यले गाउँपालिकाले सम्मान गरेको उनको भनाइ छ ।

ग्रामीण सडक विस्तारसम्म नभएको अवस्थामा अरुण नदीबाट पहिलोपटक ‘स्काभेटर’ तारिएको थियो । त्यो समयमा जनस्तरबाट गरिएको कामले भौगोलिकरुपमा निकै विकट मानिने दक्षिणी क्षेत्रमा सडक खनिएको थियो ।

स्थानीयले करिब ६१ लाख ७६ हजार रकम जम्मा गरेर २०६० सालमा धनकुटा मुगा–सुन बालुवा–होम्ताङ–घोडेटार सडक विस्तार गरेका थिए ।

 

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ७ : ०३ बजे

हर्मुज खोल्ने इरानी प्रस्तावमा अमेरिकी जवाफको प्रतीक्षा

न्युयोर्क- इरानका विदेशमन्त्री अब्बास अराघचीले हर्मुज जलघाँटी पुनःखोल्ने विषयमा इरानले राखेको

प्रधानमन्त्रीले बोलाए ३ बजे मन्त्रिपरिषद्को बैठक

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज ३ बजे बस्ने भएको छ । 

पूर्व प्रधानन्यायाधीश पक्राउको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति निकाल्न मिल्छ ?

काठमाडाैँ – सोमबार राति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उपत्यका

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले