स्पेनिस सुपर कप : रियल मड्रिड फाइनलमा प्रवेश « Khabarhub

स्पेनिस सुपर कप : रियल मड्रिड फाइनलमा प्रवेश


२६ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस सुपर कप फुटबलमा रियल मड्रिड फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा एट्लेटिको मड्रिडलाई ५–३ गोलले हराउँदै रियल फाइनलमा पुगेको हो ।

खेलको पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको खेलमा दुवै पक्षले दोस्रो हाफमा १–१ गोल थपेका थिए । योसँगै रियल र एट्लेटिकोले निर्धारित समयमा ३–३ गोलको बराबरी गरेपछि खेल अतिरिक्त समयमा गएको थियो ।

रियलका लागि एन्टोनिओ रुडिगर, फेर्लान्ड मेन्डी, डानी कार्भाजाल र ब्राहिम डिआजले गोल गरेका थिए । एक गोल एट्लेटिकोका स्टेफन सभिकले गरेका आत्माघातिबाट प्राप्त भएको थियो ।

यस्तै, एट्लेटिकोका लागि मारिओ हेर्मोसो र एन्टोनिइ ग्रिजम्यानले एक–एक गोल गरेका थिए । एक गोल भने रियालका एन्टोनिओले गरेको आत्मघातीबाट प्राप्त भएको थियो ।

अब रियालले आज हुने बार्सिलोना र ओसासुनाबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ । उपाधि भिडन्त आगामी आइतबार हुनेछ ।

 

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ७ : ४७ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको