काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।
क्यानले आज एक विज्ञप्ति जारी गरी सन्दीपले कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने गरि निलम्बन गरेको जनाएको छ ।
क्यानले जिल्ला अदालत काठमाडौँले सन्दीपलाई बलात्कार मुद्दामा कसुर कायम गरी ८ वर्ष कैद सजायका साथै ३ लाख रुपैयाँ जरिवाना र २ लाख क्षतिपूर्ति भराउने आदेश गरेकाले निलम्बन गरिएको जनाएको छ ।
क्यानले भनेको छ– ‘नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित अदालतको आदेश अनुसार फौजदारी मुद्दामा दोषी ठहर भइ सजाय निर्धारण समेत भएकाले निज सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदैछौं ।’
प्रतिक्रिया