विपिन खत्रीको कप्तानीमा गण्डकी प्रदेको टिम घोषणा « Khabarhub

विपिन खत्रीको कप्तानीमा गण्डकी प्रदेको टिम घोषणा


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

कास्की – प्रधानमन्त्री कप क्रिकेटका लागि गण्डकी प्रदेशको टिम घोषणा भएको छ । गण्डकी प्रादेशिक क्रिकेट सङ्घले विपिन खत्रीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

गण्डकीले हिजो आफ्नो छनोट प्रतियोगिता सम्पन्न गरेको थियो । उक्त प्रतियोगितामा गरेको प्रदशनका आधारमा खेलाडी छनोट गरिएको हो ।
प्रधानमन्त्री कप पुस २८ देखि माघ २० गतेसम्म हुनेछ । प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान, मुलपानी क्रिकेट मैदान र भैरहवास्थित सिद्धार्थ रङ्गशालामा हुनेछन् ।

गण्डकीले पुस २८ मा भैरहवामा लुम्बिनी प्रदेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

यस्तो छ गण्डकीको टोली
विपिन खत्री(कप्तान), समिर कंडेल, ईश्वर क्षेत्री, मुस्कान थापा, रोशन गौतम, कृष ऐर, अश्विनी राना मगर, अमृत गुरुङ्ग, कमल परियार, कृष्ण पौडेल, करन पङ्गेनी, चन्द्रकान्त पौडेल, सन्दीप पराजुली ,अंकित न्यौपाने

गण्डकीको प्रशिक्षकमा रिजन प्रजु रहेका छन् ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  १२ : ५६ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको