सहिद टेकबहादुर साउदको सालिकमा माल्यार्पण « Khabarhub

सहिद टेकबहादुर साउदको सालिकमा माल्यार्पण


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

टीकापुर– थरुहट आन्दोलनका सहिद टेकबहादुर साउदको सालिकमा माल्यार्पण गरिएको छ ।

नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको  साउदको सालिकमा माल्यार्पण गरिएको हो । पार्टीका संरक्षक रेशमलाल चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसहितका नेता कार्यकर्ताले उनको सालिकमा माल्यार्पण गरेका हुन् । 

थरुहटरथारुवान आन्दोलनका क्रममा २०७२ सालमा भएको टीकापुर घटनामा १८ महिने नाबालक साउदको मृत्यु भएको थियो । उनलाई सहिद घोषणा गरिएको छ । ७ भदौ २०८० गते टीकापुर घटनाको ८ वर्ष पुगेको दिन पारेर मृतक साउदको स्मृतिमा सालिक अनावरण गरिएको थियो ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी र टेकबहादुर साउद स्मृति प्रतिष्ठानले संयुक्त रूपमा सालिकको स्थापना गरेको थियो । सोही क्रममा थरुहट आन्दोलनका क्रममा मृत्युवरण गरेका सबै सुरक्षाकर्मीहरुको फोटोमा पनि माल्यार्पण गरिएको छ ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  २ : १४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल