रारा पोखरा गोल्डकपमा १२ टिमले सहभागिता जनाउने « Khabarhub

रारा पोखरा गोल्डकपमा १२ टिमले सहभागिता जनाउने


२६ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

कास्की – २३ औं आहा रारा पोखरा गोल्डकपमा १२ टिमले सहभागिता जनाउने भएका छन । सहारा क्लव पोखराको आयोजनामा यहि माघ ९ देखि २० सम्म पोखरा रंगशालामा आयोजना हुने प्रतियोगितामा १२ टिमले सहभागिता जनाउने टुङ्गो लागेको हो ।

आज क्लवले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिंदै भारतिय घरेलु फुटबल लिग आइलिगको सन २०२३-२०२४ मा सातौं स्थानमा रहेको दिल्ली एफसी र भुटानको लिग च्याम्पियन क्लव पारो भुटान एफसीको सहभागिता रहने क्लवले जनाएको छ ।

दिल्ली एफसी र भुटान एफसी पहिलो पटक नेपाल आउन लागेका हुन् । उनीहरुको सहभागिताले आहा रारा पोखरा गोल्डकपको उचाई थपिएको क्लवले जनाएको छ ।

यसैगरी आयोजक सहारा क्लवसहित नेपालका ‘ए’ डिभिजनका क्लवहरु संकटा यूथ क्लव, चर्च ब्वाइज क्लव, मछिन्द्र एफसी, मनाङ मस्याङदी क्लव, जावलाखेल यूथ क्लव र थ्रि स्टारको सहभागिता हुनेछ भने विभागिय क्लव नेपाल आर्मी क्लव र नेपाल पुलिस क्लव समेतको सहभागिता रहनेछ । सुनवलको राइजिङ स्टार क्लव समेत पहिलो पटक प्रतियोगितामा सहभागिता रहने छ ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  २ : ५१ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको