भारतीय रक्षामन्त्री र बेलायती प्रधानमन्त्रीबीच छलफल « Khabarhub

भारतीय रक्षामन्त्री र बेलायती प्रधानमन्त्रीबीच छलफल


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

लन्डन– भारतीय रक्षामन्त्री राजनाथ सिंह र बेलायतका प्रधानमन्त्री ऋषि सुनकबीच बुधबार भेटवार्ता भएको छ ।

दुई नेताहरूले रक्षा, आर्थिक सहयोगलगायत विश्व शान्तिका विषयमा स्थिर विश्वव्यापी नियममा आधारित व्यवस्थालाई सुदृढ पार्न भारत र बेलायतले मिलेर कसरी काम गर्न सक्छन् भन्ने विषयमा छलफल गरेको बताइएको छ । 

भारतीय रक्षामन्त्री सिंहले बेलायतका प्रधानमन्त्री सुनकसँग लन्डनमा धेरै सान्दर्भिक भेट भएको बताउँदै विभिन्न मुद्दाहरूमा छलफल भएको उल्लेख गरे । 

यसअघि, रक्षा मन्त्री सिंहले बेलायतका विदेश सचिव डेभिड क्यामरूनसँग दुई राष्ट्रबीचको सम्बन्धलाई बढावा दिने विषयमा गहन छलफल गरेका थिए ।

सिंहले उनका बेलायती समकक्षी ग्रान्ट शाप्सले लन्डनको ट्रिनिटी हाउसमा भारत–लण्डन रक्षा उद्योगका उच्च अधिकारीसँग गोलमेच सम्मेलनमा भाग लिएका थिए ।

बेलायतका रक्षा सचिव शप्सले भने, ‘विश्वमा विवाद बढ्दै गएको अवस्थामा भारतजस्ता प्रमुख साझेदारसँग रणनीतिक सम्बन्धलाई निरन्तरता दिनु अत्यावश्यक छ । यसैगरी समान सुरक्षा चुनौतीहरूमा सहकार्य गर्दै स्वतन्त्र र समृद्ध इन्डो–प्यासिफिक कायम राख्ने प्रतिबद्धतासमेत गरिएको छ ।’

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ६ : २३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार