क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ  « Khabarhub

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ 


२६ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका- २ घर भई हाल काठमाडौं महानगरपालिका-३२ बस्ने  ३२ वर्षीय दीपेन्द्र राई रहेको प्रहरीले जनाएको छ ।

राईले जयराम भण्डारीलाई वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाइदिन्छु त्यसको लागि ११ लाख रुपैयाँ  लाग्छ र क्रोएसिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक १ लाख रुपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारी ५ लाख रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले राईको खोजतलास गर्ने क्रममा  बुधबार नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  ६ : २४ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख