जेलेन्स्कीद्वारा रुससँगको युद्धविराम अस्वीकार « Khabarhub

जेलेन्स्कीद्वारा रुससँगको युद्धविराम अस्वीकार


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

टालिन – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार रुससँग आफ्नो मुलुकको युद्धलाई विराम गर्न अस्वीकार गरेका छन् । क्रेमलिनको सेनाले किएभका सैनिकहरूलाई पराजित गर्नुअघि युद्धविरामको प्रयोग पछि हट्ने र पुनः सङ्गठित हुनका लागि गर्ने उनले बताए ।

“युक्रेनी रणभूमिमा युद्धविरामको अर्थ युद्धमा विराम हुने होइन”, इस्टोनिया भ्रमणका क्रममा उनले भने, “युद्धविराम रुसको हातमा हुनेछ, युद्धविरामले पछि हामीलाई कुल्चन सक्नेछ ।”

सन् २०२२ फेब्रुअरीमा रुसको पूर्णस्तरको आक्रमणपछि कहिलेकाहीँ सीमित युद्धविरामको प्रस्ताव गरिएको छ तर कहिले पनि यसलाई लागु गरिएको छैन । बाइस महिनाको युद्धपछि र लामो सङ्घर्षको सम्भावनाका साथ दुवै पक्षले आफ्ना हतियार पुनः बढाउन सङ्घर्ष गरिरहेका छन् ।

करिब एक हजार पाँच सय किलोमिटरको फ्रन्ट लाइन अधिकांश चिसो मौसमका साथ स्थिर रहन्छ । यस्तो अवस्थामा लामो दूरीको हमलालाई सक्षम बनाउन दुवै पक्षलाई तोपखाना गोला, मिसाइल र ड्रोनको आवश्यकता पर्छ । मस्कोले कथितरूपमा उत्तर कोरियाबाट तोपखाना गोला र मिसाइल तथा इरानबाट ड्रोन किनिरहेको जेलेन्स्कीले बताए ।

रुस–युक्रेन युद्धमा युक्रेनको कट्टर समर्थकमध्येको बाल्टिक मुलुकहरूको दुई दिने भ्रमणका रूपमा जेलेन्स्की इस्टोनियाको राजधानी टालिनमा थिए । आफ्ना पश्चिमी सहयोगीहरूबाट पहिला नै अर्बौं डलरको सैन्य सहायता प्राप्त गरेपछि युक्रेनी राष्ट्रपतिले आफ्नो मुलुकलाई थप समर्थन प्रदान गर्नका लागि सहयोगीहरूमाथि दबाब दिइरहेका छन् ।

“युक्रेनलाई थप आवश्यकता छ, उसलाई राम्रा हतियारको आवश्यकता छ”, इस्टोनियाली राष्ट्रपति अलार कारिसले राष्ट्रपति भवनमा जेलेन्स्कीसँगको संयुक्त पत्रकार सम्मेलनमा भने, “युक्रेनले आफूलाई चाहिने कुराहरू प्राप्त गर्न सकोस् भनेर हामीले सैन्य उत्पादन क्षमतालाई बढाउन आवश्यक छ र यो भोलि होइन उसले आजै पाउनुपर्छ ।”

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ८ : १९ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री