आन्दोलनको तयारीमा यातायात मजदुर « Khabarhub

आन्दोलनको तयारीमा यातायात मजदुर


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

जनकपुर – नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मधेश प्रदेशले देशव्यापी आन्दोलन गर्ने भएको छ । बिहीबार जनकपुरमा आयोजित प्रदेशस्तरिय कार्यशालाले सरकार एकलौटी अघि बढेको बन्दै देशव्यापी आन्दोलन गर्ने निष्कर्ष निकालेको हो ।

यातायात क्षेत्रका कानुन संशोधन र नयाँ कानुन निर्माणमा सरोकारवालहरुको सुझाव ग्रहण नगरेको उनीहरुले बताएका छन् ।

संगठनले देशव्यापी सञ्चालन गरिरहेको कार्यथलो अभियान अन्तर्गत योजना कार्यशालाका लागि जनकपुर आएका संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधनको अन्तिम अवस्थामा रहेको बताएका थिए । यस विषयमा सरकारले सरोकारवालाहरुसँग छलफल नगरेको र यातायात मजदुरलाई असर गर्ने सहरी यातायात ऐन कार्यान्वयनको तयारी गरेकाले आन्दोलनमा जानुपर्ने अवस्था आएको उनको भनाइ छ  ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सरकारलाई लिखित रुपमा कानुन संशोधनका लागि सरकारलाई १६ बुँदे सुझाव प्रस्तुत गरेको बताउँदै अध्यक्ष राईले भने, ‘सडक दुर्घटनामा चालकलाई हुने सजायको व्यवस्था रहेको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ को उप दफा २, दफा १६२, दफा १६३ र दफा १६४ श्रमिक प्रतिकुल रहेकाले संशोधन गर्दै र दफा १६७ लाई पूर्ण कार्यान्वयन गर्नुपर्छ ।’

कार्यशालामा संगठनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज सुरेन्द्र साह, जनकपुरका संस्थापक नेता असर्फि झा, संगठनका पूर्व केन्द्रीय उपाध्यक्ष रामनरेश सिंह लगायतका नेताहरुले कार्यशालाको सहजीकरण गरेका थिए ।

संगठनका प्रदेश अध्यक्ष अनिरुद्र झाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रदेश सचिव मनोज झाले गरेका थिए ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  ९ : ३९ बजे

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना