जेरुसेलम आक्रमणको योजना बनाउने आतङ्ककारी पक्राउ « Khabarhub

जेरुसेलम आक्रमणको योजना बनाउने आतङ्ककारी पक्राउ


२६ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

तेल अवीव – इजरायली सुरक्षा बलले इस्लामिक राज्य (आईएसआईएस) को समर्थनमा जेरूसेलममा आतङ्ककारी हमलाको योजना बनाउने दुई प्यालेस्टाइनीहरूलाई पक्राउ गरेको छ ।

इजरायली प्रहरी र जनरल सेक्युरिटी सर्भिस ९शिन बेट०का अनुसार संदिग्ध व्यक्तिहरूले सुरक्षा बललाई लक्षित गरी चार्ज र विस्फोटक उपकरणहरू तयार गर्ने योजना बनाएका थिए।

उनीहरूलाई पूर्वी जेरुसेलमको जेबेल मुकाबेरबाट पक्राउ गरिएको थियो। एक हप्ता लामो अनुसन्धानपछि पक्राउ परेका उनीहरूबाट आईएसआईएससँग सम्बन्धित सामग्री अनलाइन, टेलिग्राम र ग्राफिक भिडियोहरू लगायतका सफ्टवेयर नियन्त्रणमा लिइएको छ ।

उनीहरूले हत्या र अन्य तोडफोडका कार्यहरू गर्ने उद्देश्यले पूर्वी जेरुसेलम वरिपरि विस्फोटक उपकरणहरू बिच्छ्याउने योजना बनाएको अनुसन्धानबाट बुझिएको छ।

– रासस/एएनआई

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार  १० : ३३ बजे

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित