पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता « Khabarhub

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता


२६ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

गत महिना प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नका लागि नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा ११ सदस्यीय अध्ययन समिति गठन गरेको थियो । उक्त समितिले आफ्नो अध्ययन प्रतिवेदन आज मुख्यमन्त्री पाण्डेलाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको हो ।

उक्त प्रतिवेदन बुझ्दै मुख्यमन्त्री पाण्डेले प्रतिवेदनले औँल्याएका कुरालाई आधार मान्दै पोखरालाई यथाशीघ्र पर्यटकीय राजधानी घोषणा गरिने बताए । “पोखरा महानगरपालिकालगायत यहाँका अन्य पालिकासँगको सहकार्यमा पोखरालाई पर्यटकीय घोषणा गर्ने तयारीमा प्रदेश सरकार रहेको छ”, उनले भने , “गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पटकपटक पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि सङ्घ सरकारलाई गरेको औपचारिक प्रस्ताव कार्यान्वयन नभएकाले प्रदेश सरकारले थप पहल गरेको हो ।”

नयाँ पर्यटकीय गन्तव्यको पहिचान तथा प्रचारप्रसार, पर्यटकीय पूर्वाधारको विकास तथा विविधिकरण गरी पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने प्रदेश सरकारको नीतिलाई कार्यान्वयन गर्न अध्ययन समिति काम सुरु गरेको हो । समितिले पेस गरेको प्रतिवेदनमा यहाँको पर्यटकीय अवस्थाका बारेमा अध्ययन गर्दा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने प्रयाप्त मापदण्ड पुगेको उल्लेख छ ।

पर्यटन विज्ञसहितको उक्त समितिले पर्यटकीय राजधानी घोषणाका लागि आवश्यक पूर्वाधार तथा मापदण्डको पहिचान, सेवाको गुणात्मकता वृद्धि, घोषणाको प्रक्रिया पहिचान र सङ्घ सरकारसँगको समन्वयलगायत कार्यादेश तोकिएको थियो ।

पोखराका पर्यटन सम्बद्ध सङ्घसंस्था र व्यवसायीले पनि पर्यटकीय राजधानी घोषणाको माग गर्न थालेको वषौँ भइसकेको छ । पर्यटकीय गतिविधि, सहज पहुँच, सुविधा, जागरुक निजीक्षेत्र र पर्यटनमैत्री कानुनी संरचनालाई आधार मानेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सकिने पर्यटन क्षेत्रका विज्ञ वासु त्रिपाठीले बताए । उनका अनुसार हिमाल र तालतलैयाको अवलोकन, डुङ्गा सयर, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाललगायतको पदयात्रा, प्याराग्लाइडिङ, जिपलाइन, अल्ट्रालाइट, बञ्जीजम्प, केबलकार, चरा अवलोकन, विभिन्न सांस्कृतिक मेला, महोत्सवलगायत पर्यटकीय गतिविधि पोखरामा हुने गर्दछन् ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहीबार  १० : ४५ बजे

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने