एसीसी महिला प्रिमियर कप : आज नेपालको भुटानसँग खेल्ने « Khabarhub

एसीसी महिला प्रिमियर कप : आज नेपालको भुटानसँग खेल्ने


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी महिला प्रिमियर कप क्रिकेटमा आज नेपालले भुटानको सामना गर्दैछ । खेल मलेसियाको बायोमास ओभलमा नेपाली समय अनुसार बिहान सवा ७ बजे सुरु हुनेछ ।

नेपाल र भुटानले समूह ‘डी’ अन्तर्गतको आआफ्नो पहिलो खेल जितेका छन् । शनिबार सम्पन्न खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको थियो । भने भुटानले माल्दिभ्सलाई ९४ रनले हराएको थियो ।

समूह डी मा रहेका हङकङ र माल्दिभ्सले पहिलो खेलमा हार बेहोरेका छन् । नेपालले आफ्नो तेस्रो खेल माल्दिभ्ससँग फेब्रुअरी १३ मा खेल्ने तालिका रहेको छ ।

एसीसी महिला प्रिमियर कपमा नेपाल, आयोजक मलेसियासहित थाइल्याण्ड, युएई, इन्डोनेसिया, हङकङ, चीन, म्यान्मार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्स रहेका छन् । चार समुहका विजेता र उपविजेता क्वाटरफाइनलमा पुग्ने छन् ।

यस प्रतियोगिताको विजेता र उपविजेता एसीसी महिला एशिया कप २०२४ मा छनौट हुने छन् । त्यस्तै यस प्रतियोगिताका सेमिफाइनलमा पुग्ने देश एसीसी महिला इमर्जिंग एशिया कप २०२५ मा छनौट हुने छन् ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ६ : ५९ बजे

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका