पकिस्तानको निर्वाचनमा धाँधली भएको भन्दै इमरान खानको पार्टीले देशभरी प्रदर्शन गर्ने « Khabarhub

पकिस्तानको निर्वाचनमा धाँधली भएको भन्दै इमरान खानको पार्टीले देशभरी प्रदर्शन गर्ने


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

इस्लामवाद– पाकिस्तानमा हालै सम्पन्न आम निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ । तर, केही ठाउँमा अझै परिणाम नआए पछि इमरान खान नेतृत्वको पीटीआई पार्टीले आज प्रदर्शन गर्ने भएको छ ।

सो पार्टीले आफ्ना कार्यकर्ताहरूलाई आरओ कार्यालय बाहिर प्रदर्शन गर्न आह्वान गरेको छ । पीटीआईका नेता ब्यारिस्टर गोहर अली खानले पार्टी कार्यकर्ता र समर्थकहरूलाई निर्वाचन परिणामहरू रोकिएको र ढिलाइ भइरहेको निर्वाचन क्षेत्रहरूमा रिटर्निंग अधिकारीहरूको कार्यालय बाहिर विरोध प्रदर्शन गर्न आह्वान गरेका थिए ।

गोहरले आन्दोलन शान्तिपूर्ण हुने बताउँदै पार्टीका कार्यकर्ता र समर्थकलाई  कानूनअनुसार विरोध गर्न आग्रह गर्दै यो संवैधानिक अधिकार भएकोसमेत बताएका छन् ।

इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले शनिबार मध्यरातसम्ममा पूर्ण परिणाम घोषणा गर्न निर्वाचन आयोगलाई दबाब दिएको थियो ।

‘निर्वाचन आयोगले मध्यरातभित्र पूर्ण परिणाम घोषणा गरोस्, नत्र नतिजा नआएका क्षेत्रमा आन्दोलनको सामना गर्न तयार रहनुपर्छ’, सो पार्टीले हिजो भनेको थियो । यस क्रममा पीटीआईले केन्द्रका साथै पञ्जाब र खैबर–पख्तुनख्वा प्रान्तमा पनि सरकार बनाउने बताएको छ।

खान नेतृत्वको पीटीआई समर्थक स्वतन्त्र उम्मेदवारले ९२ स्थानमा बिजय हासिल गरी पहिलो स्थानमा रहेको छ भने नवाज सरिफ नेतृत्वको पिएमएलएन ७१ सिटसहित दोस्रो स्थानमा रहेको छ । पिपिइ ५४ र जेएलएफ ५ र अन्य स्वतन्त्रले ३३ स्थानमा बिजयी हासिल गरेका छन ।

 

 

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ७ : १४ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला