पकिस्तानको निर्वाचनमा धाँधली भएको भन्दै इमरान खानको पार्टीले देशभरी प्रदर्शन गर्ने « Khabarhub

पकिस्तानको निर्वाचनमा धाँधली भएको भन्दै इमरान खानको पार्टीले देशभरी प्रदर्शन गर्ने


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

इस्लामवाद– पाकिस्तानमा हालै सम्पन्न आम निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ । तर, केही ठाउँमा अझै परिणाम नआए पछि इमरान खान नेतृत्वको पीटीआई पार्टीले आज प्रदर्शन गर्ने भएको छ ।

सो पार्टीले आफ्ना कार्यकर्ताहरूलाई आरओ कार्यालय बाहिर प्रदर्शन गर्न आह्वान गरेको छ । पीटीआईका नेता ब्यारिस्टर गोहर अली खानले पार्टी कार्यकर्ता र समर्थकहरूलाई निर्वाचन परिणामहरू रोकिएको र ढिलाइ भइरहेको निर्वाचन क्षेत्रहरूमा रिटर्निंग अधिकारीहरूको कार्यालय बाहिर विरोध प्रदर्शन गर्न आह्वान गरेका थिए ।

गोहरले आन्दोलन शान्तिपूर्ण हुने बताउँदै पार्टीका कार्यकर्ता र समर्थकलाई  कानूनअनुसार विरोध गर्न आग्रह गर्दै यो संवैधानिक अधिकार भएकोसमेत बताएका छन् ।

इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले शनिबार मध्यरातसम्ममा पूर्ण परिणाम घोषणा गर्न निर्वाचन आयोगलाई दबाब दिएको थियो ।

‘निर्वाचन आयोगले मध्यरातभित्र पूर्ण परिणाम घोषणा गरोस्, नत्र नतिजा नआएका क्षेत्रमा आन्दोलनको सामना गर्न तयार रहनुपर्छ’, सो पार्टीले हिजो भनेको थियो । यस क्रममा पीटीआईले केन्द्रका साथै पञ्जाब र खैबर–पख्तुनख्वा प्रान्तमा पनि सरकार बनाउने बताएको छ।

खान नेतृत्वको पीटीआई समर्थक स्वतन्त्र उम्मेदवारले ९२ स्थानमा बिजय हासिल गरी पहिलो स्थानमा रहेको छ भने नवाज सरिफ नेतृत्वको पिएमएलएन ७१ सिटसहित दोस्रो स्थानमा रहेको छ । पिपिइ ५४ र जेएलएफ ५ र अन्य स्वतन्त्रले ३३ स्थानमा बिजयी हासिल गरेका छन ।

 

 

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ७ : १४ बजे

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन