विद्युतीय आरोले काटेर मृत्यु « Khabarhub

विद्युतीय आरोले काटेर मृत्यु


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

धादिङ– आफैँले चलाएको विद्युतीय आरोले काटेर नीलकण्ठ नगरपालिका–८ साघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको छ ।

अमरावती सामुदायिक वन गोडमेल गर्ने क्रममा दाउरा काट्न प्रयोग गरिएको विद्युतीय आरो आफ्नै शरिरमा रेटिँदा घाइते भएका श्रेष्ठको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रुख काट्दा चलाएको आरो उछिट्टिएर श्रेष्ठलाई लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार आराले पेट र छातीको बायाँ भागमा काटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ९ : ०६ बजे

सुदूरपश्चिम रोयल्स कि लुम्बिनी लायन्स ? कसले जित्ला एनपीएल ?

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलकोे फाइनल खेल आज कीर्तिपुरस्थित त्रिवि

२०८२ साल मंसिर २७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २७ गते शनिबार तदनुसार

एमालेमा विधान संशोधन नहुने पक्का : पदाधिकारी र केन्द्रीय सदस्यसहित कम्तीमा १०७ नेताले गुमाउँदैछन् पद

काठमाडौं– नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आज बसेको सचिवालय

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलाबाट बडूको एकल नाम सिफारिस

दार्चुला – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

एमाले ११औँ महाधिवेशनको तयारी पूरा

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११औँ महाधिवेशनको तयारी पूरा