भ्रष्टाचार र तस्करीको जालो तोड्न खोज्दा विरोधमात्रै भयो : मन्त्री गुरूङ « Khabarhub

भ्रष्टाचार र तस्करीको जालो तोड्न खोज्दा विरोधमात्रै भयो : मन्त्री गुरूङ


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले वर्तमान सरकार भएपछि मुलुक अप्ठेरो अवस्थाबाट ट्रयाकमा आउन खोजेको बताएका छन् ।

उनले नेपाली कांग्रेस चितवन सूचना तथा प्रचार विभागले आइतबार चितवनमा गरेको कार्यक्रममा वर्तमान गठबन्धन सरकार गठन हुँदा अवस्था निकै चुनौतीपूर्ण रहे पनि वर्तमान सरकार भएपछि मुलुक अप्ठेरो अवस्थाबाट ट्रयाकमा आउन खोजेको तर पूरै राम्रो भने भई नसकेको बताए ।

उनले भ्रष्टाचार र तस्करीको जालो तोड्न खोज्दा विरोधमात्रै हुने गरेको धारणा राखे ।

उनले न्यायालय स्वतन्त्र हुनुपर्नेमा जोड दिँदै न्यायालय स्वतन्त्र रहेको भन्दैमा न्यायाधीशले आफूखुसी निर्णय गर्न नपाउने धारणा राखे ।

उनले सहकारी पीडितका विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरिरहेको बताउँदै राजनीतिक प्रभावले ठगी धन्दामा लाग्नेलाई सरकारले छोड्ने र छुट दिने नगर्ने स्पष्ट पारे ।

कांग्रेसका उपसभापति मन्त्री गुरुङले समुदायमा कांग्रेस अभियानका क्रममा देखिएको निराशाबाट आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  १ : ३२ बजे

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी