स्थापनाको २२ वर्षपछि आफ्नै भवनमा सर्दै महिला आयोग | Khabarhub Khabarhub

स्थापनाको २२ वर्षपछि आफ्नै भवनमा सर्दै महिला आयोग


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय महिला आयोग स्थापनाको २२ वर्षपछि आफ्नै स्वामित्वको भवनमा सर्ने भएको छ । आयोगको कार्यालय स्थापनाकालदेखि हालसम्म राष्ट्रिय समाचार समिति (रासस) को भद्रकालीस्थित भवनमा भाडामा बस्दै आएको थियो ।

आयोग अबको १५ दिनभित्र नारायणहिटी दरबारस्थित तत्कालीन राहदानी विभागको भवनमा सरिसक्ने आयोगका सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले जानकारी दिइन् । सहरी विकासमन्त्री सीता गुरुङले गत असोज २१ गते मन्त्रिस्तरीय निर्णयबाट राहदानी विभागको भवनको पहिलो तला र अपुग भएमा अन्य तलाका कोठासमेत आयोगलाई स्वामित्व हुने गरी उपलब्ध गराउने निर्णय गरेकी थिइन् ।

सहरी मन्त्रालयको निर्णयपछि आयोगले कार्यालय सार्नका लागि आवश्यक व्यवस्थापकीय काम गर्न यही माघ १२ गते सदस्य एवं प्रवक्ता खतिवडाको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त समितिले तत्कालीन राहदानी विभागको भवनमा कार्यालय सार्नका लागि आवश्यक तयारी पूरा गरेको जनाएको छ ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले महिलाको हक, हित र अधिकारलाई संरक्षण र सम्वद्र्धन गर्दै महिला सशक्तीकरण तथा महिलाविरुद्ध हुने सबै किसिमका भेद्भावलाई निर्मूल गरी लैङ्गिक न्याय सुनिश्चित गर्न सघाउ पुर्‍याउने उद्देश्यले २०५८ साल फागुन २३ गते महिला आयोगको स्थापना गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  १ : ४६ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित