त्रिभुवन विमानस्थलको अध्यागमनमा प्रभावकारी सेवा दिन सरकारलाई संसदीय समितिको निर्देशन « Khabarhub

त्रिभुवन विमानस्थलको अध्यागमनमा प्रभावकारी सेवा दिन सरकारलाई संसदीय समितिको निर्देशन


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले त्रिभुवन विमानस्थलको अध्यागमनमा सहज र प्रभावकारी सेवा प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको समन्वयमा आवश्यक जनशक्ति थप गरि अध्यागमनमा सहज र प्रभावकारी सेवा प्रदान गर्न सरकारलाई निर्देशन दिएको हो ।

त्यस्तै, बैठकले अध्यागमन सम्बन्धमा विद्यमान ऐन नियम समयानुकूल परिमार्जन गर्न निर्देशन दिएको छ भने भिसा लगायतका समस्या समाधान गर्न गृह मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।

बैठकले राष्ट्रिय सुरक्षा नीति परिमार्जन गर्न र खुला सीमा व्यवस्था कडा बनाउन पनि निर्देशन दिइएको उनले बताए ।

बैठकले मानव तस्करी नियन्त्रण गर्न निर्दशन, भिक्षुहरुलाई श्रम भिसा दिनुभन्दा आवश्ययक ऐन नियम परिमार्जन गरी उपयुक्त भिसा उपलब्ध गराउन र सडक माग्नेलाई व्यवस्थित गर्न सरकारलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ३ : २६ बजे

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा