बैंकिङ कसुरमा तीन वर्ष कैद र ९ करोड जरिवानाको सजाय तोकिएका व्यक्ति पक्राउ « Khabarhub

बैंकिङ कसुरमा तीन वर्ष कैद र ९ करोड जरिवानाको सजाय तोकिएका व्यक्ति पक्राउ


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको पनौती नगरपालिका-६ का ६७ वर्षीय रामभक्त थापा रहेका छन् । उनलाई शुक्रबार कोटेश्वरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारी उनले बैंकिङ कसुर गरेको आरोप थियो । उक्त मुद्दामा उनलाई ९ करोड ७ लाख ६ हजार २७८ रुपैयाँ जरिवाना र तीन वर्ष कैद फैसला भएको थियो।

उच्च अदालत पाटनले २०७१ साल वैशाख २९ गते फैसला गर्दै थापालाई जरिवाना र कैद सजाय तोकेको थियो । त्यसयता थापा फरार रहेका थिए। फरार प्रतिवादी खोजीको सिलसिलामा ब्युरोको टोलीले थापालाई पक्राउ गरेको अधिकारीले बताए ।

थापाविरूद्ध नेपाल राष्ट्र बैंकले मुद्दा दायर गरेको थियो । थापा सञ्चालक रहेको काभ्रे ब्रोइलर सप्लायर्सले फर्जी कागजात तयार गरी ८ करोड ५० लाख रुपैयाँ कर्जा लिएको थियो ।  कर्जा दुरुपयोग भएपछि राष्ट्र बैंकले उनीविरूद्ध मुद्दा दायर गरेको थियो । थापालाई प्रहरीले आइतबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ३ : ३४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया