राष्ट्रियसभामा सांसदद्वारा सरकारको ध्यानाकर्षण « Khabarhub

राष्ट्रियसभामा सांसदद्वारा सरकारको ध्यानाकर्षण


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रियसभाका सांसदहरुले देशभर रहेका सरकारी जग्गाको अतिक्रमण बढेको भन्दै संरक्षणमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनीहरुले बाँसबारी छालाजुत्ता, ललिता निवास, टिकापुरलगायत अतिक्रमित सरकारी जग्गाको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद महेशकुमार महराले सामाजिक न्याय र सुुशासनका लागि सबैले एक भएर काम गर्नुपर्ने बताए ।

उनले द्वन्द्वका घाइतेको अझै उपचार हुन नसकेको उल्लेख गर्दै संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई चाडै निष्कर्षमा पुर्‍याउनुपर्ने बताए । उनले राजनीतिक परिवर्तनका लागि योगदान पुर्‍याएका जनयुद्धका घाइते र बेपत्ताका परिवारलाई बेवास्ता नगर्न आग्रह गर्दै द्वन्द्वका घाइते, बेपत्ता परिवारलाई न्याय हुने गरी काम गर्नुपर्ने माग गरे ।

सांसद रामचन्द्र राईले निजामती ऐन नबन्दा राज्यको सङ्घीय तथा सुशासन कायम हुन नसकेको बताए । उनले सुशासनलाई व्यवस्थित गर्न सरकारले महालेखा परीक्षक तत्काल नियुक्ति गर्नुपर्ने बताउँदै सरकारले आर्थिक मन्दी घटाउन पूँजीगत खर्च बढाउनुपर्ने उल्लेख गरे । सांसद राईले सरकारी कामकाजको प्रक्रिया झण्झटिलो भएको हुनाले भ्रष्टाचार मौलाएको उल्लेख गर्दै जनताको हित र सुविधालाई ध्यानमा राखेर सरकारले काम गर्नुपर्नेमा जोड दिए ।

सांसद अनिता देवकोटाले नेपाल संस्कृत विश्वविद्यालयको चार सय आठ बिघा जमिन अहिले पनि विश्वविद्यालयले नपाएको जनाउँदै जमिन उपभोगका लागि सरकारले पहल गर्नुपर्ने माग गरिन् । उनले दाङलाई शैक्षिक हब बनाउने योजना सफल पार्न सरकारको ध्यानाकर्षण गराउँदै लुम्बिनी प्रदेशको राजधानी दाङको विमानस्थल स्तरोन्नतिका लागि ध्यानाकर्षण गराइन् ।

सांसद उदयबहादुर बोहराले गत कात्तिक १७ गते गएको पश्चिम नेपालको जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोटलगायत धेरै जिल्लामा ठूलो धनजनको क्षति भएको बताउँदै अहिले पनि पुनःस्थापना कार्य प्रभावकारी हुन नकेको जानकारी गराए । उनले भूकम्पपीडित जाडोले कठ्याङ्ग्रिएर निमोनियालगायतका रोगको शिकार भएकाले तत्काल उचित राहत र पुनथापनाका काम गर्न आग्रह गरे ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ३ : ४८ बजे

साढे ३ सय क्षतविक्षत शव पहिचानमा खटिइन् निडर प्रकृति (तस्बिरहरू)

काठमाडौं– चितवनको टन्टलापुर गर्मी । बाढीमा परेकाको शव गन्हाउन थालेका

कुनै समय बालेनलाई भोट मागेका भिक्टर भन्छन्- ‘घण्टेहरू’ पनि ‘झोले’कै बाटोमा लागे

काठमाडौं- कुनै समय काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर वालेन्द्र शाहका विश्वासपात्र

बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन

काठमाडौं– यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीसहित मुलुकभर

मन्त्रिमण्डल र पार्टी नेतृत्व फेरबदल गर्ने तयारीमा जापानी प्रधानमन्त्री

एजेन्सी– जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल