फुटपाथ व्यापारीको प्रश्न– किन हामीमाथि अपराधीको व्यवहार हुन्छ ? « Khabarhub

फुटपाथ व्यापारीको प्रश्न– किन हामीमाथि अपराधीको व्यवहार हुन्छ ?


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले २० हजारको रोजीरोटी खोसेको भन्दै फुटपाथ व्यापारीहरूले प्रदर्शन गरेका छन् । आइतबार महानगरको कार्यालय अगाडि धर्ना दिँदै उनीहरूले मेयर बालेन साहले सडक विकल्प नदिई सडकबाट उठाएर आफूहरूको रोजीरोटी खोसेको आरोप लगाएका छन् ।

नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठन, नेपाल स्वरोजगार व्यापार श्रमिक संगठन र नेपाल स्वरोजगार मजदुर संगठन तीन संयुक्त संघर्ष समितिले धर्ना दिएका हुन ।  उनीहरूले सडक व्यवसायीमाथि महानगरले गरेको ज्यादती बन्द, व्यापारीको लुटिएको सामान निःशर्त फिर्ता र व्यवसायीलाई व्यवस्थापन गर्नुपर्ने लगायतका मागहरू राखेर धर्ना दिएका थिए ।

नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनका अध्यक्ष कुमार सापकोटाले आफै रोजगार सिर्जना गरेका फुटपाथ व्यवसायीलाई राज्यले नै लखेटेको आरोप लगाए । उनी भन्छन्, ‘हामी पनि यो देशका नागरिक हौँ । तर राज्यले बाटै लखेटिनुपर्ने हामीले के अपराध गर्‍यौं ?’ कुनै विकल्प नभएर सडकमा निक्लनु परेको उनले बताए ।

‘देशभर पाँच लाखको संख्यामा सडक व्यापारी रहेको छन् । सबैभन्दा बढी काठमाडौं महानगरले ज्यादती गरेको छ,’ उनले भने, ‘दीर्घकालीन रूपमा सडक व्यवसायीको लागि कानुन निर्माण गर्नुपर्छ । हामी राज्यलाई कर तिर्न तयार छौ, र तिर्छौ पनि त्यसैले व्यवस्थापन गर ।’

व्यवसायीलाई विकल्प नदिई लखेट्नु मानव अधिकारको उल्लंघन हो । ‘सडक व्यापारी महिला दिदीबहिनीका सामान खोस्ने, लछार–पछार गर्ने जस्ता दुर्व्यवहार गरेका छन् ।

मेयरले विकल्प दिनेबारे छिटो भन्दा छिटो निर्णय गर्न उनीहरूको माग छ । माग सुनुवाइ नभएको खण्डमा उनीहरूले अर्को चरणको आन्दोलन गर्ने बताएका छन् । अहिलेसम्म शान्तिपूर्ण तरिकाले आन्दोलन गरेका छौ । भोको पेट ‘गर कि मर’ भन्ने स्थितिमा राख्ने हो भने आन्दोलनले उग्र रूप लिने समेत उनीहरूले बताए ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ४ : ३२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया