माओवादी बैठकमा आज १० प्रदेश समितिको रिपोर्टिङ, विधान मस्यौदामाथि भोलि छलफल हुने « Khabarhub

माओवादी बैठकमा आज १० प्रदेश समितिको रिपोर्टिङ, विधान मस्यौदामाथि भोलि छलफल हुने


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा आइतबार १० प्रदेश समितिको रिपोर्टिङ भएको छ । दिउँसो ३ बजेसम्म ८ वटा प्रदेश समितिले रिपोर्टिङ गरेर खाजा खाने कार्यक्रम भएको थियो ।

त्यसपछि हाल कर्णाली र सुदूरपश्चिम प्रदेशको रिपोर्टिङ भइरहेको छ । केन्द्रीय समिति बैठक भोलिसम्म चल्नेछ । भोलिको बैठकमा विधान मस्यौदामाथि छलफल हुने पार्टीका सचिव तथा प्रतिनिधि सभा संसद देवेन्द्र पौडेलले खबरहबलाई बताए ।

उनका अनुसार यो बैठकमा केन्द्रका ४०९ केन्द्रीय सदस्य सहभागी छन् । यस्तै, बैठकमा अनुशासन समिति, केन्द्रीय लेखापरीक्षण समिति, केन्द्रीय निर्वाचन समिति र अन्य गरी करिब ९ सय हाराहारीमा सहभागीहरू छन् ।

केन्द्रीय समिति बैठक आइतबार र सोमबार दुई दिन बस्ने छ। माओवादी पार्टीले विधान सम्मेलनका लागि प्रस्ताव तयार पार्ने काम गरिरहेको छ ।

माओवादीले फागुन १, २ र ३ गते विधान सम्मेलन गर्ने भएको छ । पार्टीले शुक्रबार र शनिबार स्थायी समिति बैठक राखेको थियो ।

माओवादीले ७ प्रदेश समिति, उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय प्रदेश समिति र प्रवास प्रदेश समिति गरी १० वटा प्रदेश समिति छन् ।

हालसम्ममा ८ वटा प्रदेश समिति इञ्चार्ज र अध्यक्षले रिपोर्टिङ गरिसकेका छन् । उनीहरू सबैले माओवादी पार्टीलाई चुस्तदुरुस्त राख्ने कुरामा नेतृत्व र माथिल्लो तहबाट नै गल्ती भइरहेको तर्क राखेका थिए ।

विशेष गरेर कोशी प्रदेश पार्टी अध्यक्ष हर्क नेम्बाङ, नेकपा माओवादी केन्द्रका बागमती इन्चार्ज जनार्दन शर्मा, प्रवास प्रदेश इन्चार्ज राम कार्की, सम्पर्क समन्वय प्रदेशका इन्चार्ज गिरिराजमणि पोखरेल, उपत्यका विशेष प्रदेश समितिका इन्चार्ज वर्षमान पुन लगायतले महत्त्वपूर्ण कुराहरूमा माओवादी सच्चिनुपर्ने तर्क राखेका थिए ।

केन्द्रीय समिति बैठकमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको कुरासमेत उठेको केन्द्रीय सदस्य ईन्द्र आङ्बोको भनाइ छ ।

यस्तै, बैठकमा नेकपा माओवादी केन्द्रका बागमती इन्चार्ज जनार्दन शर्माले पार्टी अझै पनि सहरबासी र मध्यम वर्गसँग जोडिन नसकेको भन्दै गुनासो पोखेका थिए । उनले नेतृत्व सच्चिनुपर्ने कुरालाई लिएर पनि कडा आलोचना गरेका थिए ।

प्रवास प्रदेश इन्चार्ज राम कार्कीले माओवादीले सहिद र बेपत्ता परिवारको कुरा सुन्न समेत नसकेको भन्दै दुखेसो गरेको बैठकमा सहभागी एक नेताले खबरहबलाई बताए ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ४ : ४५ बजे

लगातार तेस्रो वर्ष एमएलएस अल-स्टार गेम गुमाउँदै मेसी

मियामी – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी र रोड्रिगो डि

कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६