त्रिभुवन विमानस्थलमा प्रहरी र कर्मचारीबीच भएको झगडाका दोषीलाई कारबाही हुन्छ : मन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

त्रिभुवन विमानस्थलमा प्रहरी र कर्मचारीबीच भएको झगडाका दोषीलाई कारबाही हुन्छ : मन्त्री श्रेष्ठ


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको प्रहरी र अध्यागमनका कर्मचारीबीच झगडाको विषयमा प्रतिवेदनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

आइतबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले सो घटनाबारे छानबिन गर्न गठित समितिले दिएको प्रतिवेदनअनुसार दोषीलाई कारबाही गरिने जानकारी दिएका हुन् ।

विमानस्थलमा भएको प्रहरी र अध्यागमनका कर्मचारीबीच भएको झगडा लज्जास्पद भएको बताउँदै उनले दोषीलाई कारबाही गरिने दोहोर्‍याएका हुन् ।

घटना भएलगत्तै अपराध अनुसन्धानले छानबिन गरेको पछि काठमाडौं परिसरबाट अभियोजनको प्रक्रिया अघि बढेको जानकारी दिँदै बैठकमा गृहमन्त्री श्रेष्ठले भने, ‘घटना दुःखद हो, प्रतिवेदनअनुसार कारबाही अघि बढाउँछौँ ।’

घटना भएलगत्तै छानबिन गर्न समिति गठन गरिएको उनको भनाइ छ ।

 

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ६ : २२ बजे

बायर लेभरकुजन : जसले एकै खेल नहारी जित्यो लिग, अझै दुई फाइनल खेल्दै

काठमाडौं- जर्मन बुन्डेस लिगा क्लब बायर लेभरकुजनले कुनै पनि खेलमा

विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : पोख्रेल

दाङ– नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने

प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो

काठमाडौं– सहकारी ठगी प्रकरणको छानबिनका बारेमा गठन गर्न लागिएको संसदीय

भक्तपुर एमालेमा दोहोरिए बचन देउजा, महेश बस्नेतलाई धक्का

भक्तपुर- नेकपा एमाले भक्तपुरको अध्यक्षमा बचन देउजा दोहोरिएका छन् ।

नवलपरासीको बाघखोरलाई घरबास गाउँ घोषणा

नवलपरासी– नवलपरासी (बर्दघाघाट पूर्व) नवलपुरको कावासोती –१५, बाघखोरलाई घरबास गाउँ