फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ५४ पुग्यो « Khabarhub

फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ५४ पुग्यो


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

मनिला । फिलिपिन्समा एउटा सुन खानी नजिकै गएको भीषण पहिरोमा परी मर्नेको सङ्ख्या आइतबार अचानक बढेर ५४ पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

आइतबार मसाराको दक्षिणी पहाडी गाउँमा भग्नावशेषमुनिबाट १९ शव फेला परेको माको नगरपालिका तथा प्रान्तीय प्रकोप अधिकारी र्यान्डी लोयले बताउनुभयो । उहाँका अनुसार अन्य ६३ खानी मजदुर र बासिन्दा अझै बेपत्ता छन् । यसअघि मृतकको सङ्ख्या ३५ बताइएको थियो ।

मङ्गलबार राति पहिरोले सुन खानी कम्पनीका कर्मचारीका लागि बस टर्मिनल र वरपरका ५५ घर पुरिँदा अन्य ३२ जना घाइते भएका छन् । एपेक्स माइनिङ कम्पनी कन्सेसन नजिकैको ठाडो पहाडबाट चट्टान, माटो र रुखहरू सात सय मिटर तल खसेर मुसारा समुदायको आठ दशमलव नौ हेक्टर भाग दबिएको छ ।

शुक्रबार तीन वर्षकी एक बालिकालाई भग्नावेशषबाट जीवित उद्धार गरिएको थियो । यसलाई उद्धारकर्मीहरूले ‘चमत्कार’ भनेका छन् । अधिकारीहरूले बेपत्ता भएकाको सूचीमा सामेल सबै फेला नपरुन्जेल खोजी कार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पहाडी क्षेत्र, भारी वर्षा र खानीबाट व्यापक वन फँडानी, अवैध वृक्षरोपण तथा फसल थन्क्याई आगो लगाउने कार्यले फिलिपिन्सको अधिकांश भागमा बारम्बार पहिरो जाने गर्दछ ।

दक्षिणी क्षेत्रका केही भागमा हप्तौँदेखि रोकिँदै पानी परिरहँदा दर्जनौँ पहिरो र बाढी आएका छन् । यसबाट हजारौँ मानिस आपत्कालीन आश्रयहरूमा जान बाध्य भएका छन् । हालैका महिनाहरूमा ठूलो भूकम्पले पनि यस क्षेत्रलाई अस्थिर बनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ८ : ०५ बजे

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना