सीएनएन भन्छ- रुसी सेनामा १५ हजार नेपाली भर्ती भएका छन् « Khabarhub

सीएनएन भन्छ- रुसी सेनामा १५ हजार नेपाली भर्ती भएका छन्


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी टेलिभिजन च्यानल न्युज नेटवर्क सीएनएनले १५ हजार नेपाली रुसी सेनामा भर्ती भएको जनाएको छ । आइतबार रिपोर्ट प्रकाशित गर्दै सीएनएनले रुसी सेनामा १५ हजार नेपाली भर्ती भएको जनाएको हो । सुगम पोखरेल, म्याथ्यु चान्स, मिहिर मेलवानी र निशान्त खनालको ‘बाइलाइन’ रहेको रिपोर्टमा विभिन्न स्रोतहरुले १५ हजार नेपाली रुसी सेनामा कार्यरत रहेको भनी उल्लेख गरेको जनाइएको छ ।

रुसी सेनामा कति नेपाली कार्यरत छन् भन्ने जानकारी लिन रुसी विदेश मन्त्रालयमा सम्पर्क गर्दा कुनै प्रतिक्रिया नआएको सीएनएनले जनाएको छ ।

रुसले विदेशी सैनिकलाई भर्ती गर्नका लागि आकर्षक योजना अघि सारेसँगै ठूलो संख्यामा नेपाली रुसी सेनामा भर्ती हुन त्यसतर्फ लागेको बताइएको छ । रुसले अघि सारेको योजनामा प्रतिमहिना २ हजार डलर तलब, छोटो समयमै रुसी पासपोर्टको व्यवस्थाजस्ता कारण र नेपालमा रहेको चरम गरिबी, बेरोजगारीजस्ता कारणले पनि नेपालीहरु रुसी सेनामा भर्ना हुने गरेका छन् ।

रुसी सेनामा कार्यरत रही स्वदेश फर्केका नेपाली युवा र रुसी सेनामा भर्ती भएका नेपालीका परिवार तथा आफन्तहरुसँगको कुराकानीका आधारमा सीएनएनले उक्त रिपोर्ट प्रकाशित गरेको हो । सीएनएनको समाचारमा रुसी सेनामा कार्यरत रही स्वदेश फर्केका नेपाली युवाहरुले आफूहरुलाई छोटो समयको तालिमलगत्तै युद्धमोर्चामा खटाइएको र आफूहरुले युद्धको भीषण अनुभव गरेको सुनाएका छन् ।

रुसी सेनामा कार्यरत रहेका १३ जना नेपालीको युद्धभूमिमा मृत्यु भइसकेको सरकारी भनाइ छ । यद्यपि वास्तविक संख्या अझै धेरै रहेको हुनसक्ने अधिकारकर्मीहरु बताउँछन् । त्यसबाहेक परराष्ट्र मन्त्रालयका अनुसार चार जना नेपाली युद्धबन्दीका रुपमा युक्रेनी सेनाको नियन्त्रणमा छन् ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ९ : ०९ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या