धरानको खानेपानी समस्या समाधान गर्न पाँच अर्ब विनियोजन हुँदै « Khabarhub

धरानको खानेपानी समस्या समाधान गर्न पाँच अर्ब विनियोजन हुँदै


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

धरान । विज्ञान, शिक्षा तथा प्रविधिमन्त्री अशोककुमार राईले धरानको खानेपानी समस्या समाधान गर्न आगामी आर्थिक वर्षको बजेटमा रु पाँच अर्ब विनियोजन गरिने बताएका छन् ।

आज यहाँस्थित केन्द्रीय प्रविधि क्याम्पसमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ‘धरानमा विशिष्टिकृत अनुसन्धान केन्द्र स्थापना गर्नेसम्बन्धी कार्यशाला उद्घाटन गर्दै मन्त्री राईले धरानको खानेपानी समस्या समाधान गर्न सप्तकोशीबाट पानी ल्याउने आयोजनाको सर्वेक्षण पूरा भएको जानकारी दिए ।

मन्त्री राईले भने, “खानेपानीको सर्वेक्षण भइसकेको र प्रतिवेदन खानेपानी मन्त्रालयमा पुगेको बताउनुभयो । आयोजनाका लागि रु पाँच अर्ब लाग्ने अनुमान गरिएको छ । आगामी आर्थिक वर्षको बजेटमा उक्त रकम विनियोजन हुनेछ ।”

दश वर्षभित्र लगानी उठाउने योजनासहित सुरु हुने आयोजनामा पूरा हुन तीन वर्ष लाग्ने बताइएको छ । मन्त्री राईले सप्तकोशीबाट ‘लिफ्टिङ सिस्टम’बाट पानी ल्याइने बताए ।

विशिष्टिकृत अनुसन्धान केन्द्र स्थापनाका लागि धरान उपयुक्त स्थान भएको उनले बताए। उनले कृषिको विकासका लागि प्रशोधन र बजारीकरणको क्षेत्रमा आवश्यक प्रविधि र प्राविधिकको नाष्ट केन्द्रित हुनुपर्नेमा जोड दिए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा डा दिलीप सुब्बाले कृषि उत्पादनलाई संरक्षण गर्नुपर्नेमा जोड दिँदै नाष्टले प्रदेशसँग मिलेर प्रदेशको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रविधिको प्रयोग गरेर कृषि उत्पादन बढाउन किसानलाई सघाउन सकिने बताए ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले धरान आवासका निम्ति उपयुक्त सहर भएकाले त्यसैअनुसार खानेपानी योजना सञ्चालन तथा फोहोर मैला व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ९ : १८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार